वालिङमा सुविधा सम्पन्न ब्युटीसियन ट्रेनिङ सेन्टर संचालनमा, उपप्रमुख तिवारीले गरिन उद्घाटन
नेपालबहस संवाददाता
कात्तिक २६, २०७७ बुधबार २२:४२:२१
२६ कार्तिक, स्याङ्जा । महिलाहरुलाई ब्युटीसियन पेशाबाट उद्यमशिल बनाउने उद्देश्यले स्याङ्जाको वालिङमा ब्युटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याईएको छ । सृष्टि हर्वल व्युटीसियन पार्लरले संचालनमा ल्याएको सुविधा सम्पन्न ट्रेनिङ् सेन्टरको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले उद्घाटन गरेपछि संचालनमा आएको छ ।
पछिल्लो समय ब्यूटीसियन व्यवसाय गर्ने महिलाहरुको संख्यामा बृद्धि भएपछि सृष्टि हर्वलले ट्रेनिङ् सेन्टर संचालनमा ल्याएको प्रोपाईटर दुर्गा अर्याल थापाले बताईन् । ब्युटीसियन व्यवसायबाट महिलाहरुको आयआर्जनमा थप टेवा मिल्ने उद्देश्यले ब्यूटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याएको थापाको भनाई छ । उद्घाटन समारोहमा वालिङ नगरपालिकाका उपप्रमुख तिवारीले ट्रेनिङ् सेन्टरको उच्चतम प्रयोग गरी व्यवसायी बन्न महिलाहरुलाई आग्रह गरिन् ।
यो ट्रेनिङ् सेन्टरले महिलाहरुलाई व्यवसायी बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा विस्वस्थ रहेको छु उपप्रमुख तिवारीले भनिन्,“महिलाहरु आत्मनिर्भर भए भने मात्रै देश र नगरले समृद्धि हासिल गर्छ ।” वालिङ नगरपालिकाको लागि यो ट्रेनिङ् सेन्टर एउटा महत्वपूर्ण पाटो बन्न सक्छ तिवारीले भनिन् । स्वास्थ्यसँगै सुन्दरतामा पनि टेवा मिल्ने हुँदा यो व्यवसाय आयआर्जनमा लागि निकै भरपर्दो मानिएको तिवारीको भनाई छ ।
महिलाहरुलाई उद्यमशिल बनाउन स्थानीय सरकारले नीजी क्षेत्रसँग साझेदारी गर्न सुझाव दिदै वालिङ उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका अध्यक्ष कविता भुषालले यस्ता ट्रेनिङ सेन्टरहरु संचालनमा आउनु राम्रो भएको बताईन् । महिलाहरु पनि आफ्नै खुट्टामा उभिन सक्छन् भन्ने उदाहरण हो, अध्यक्ष भुषालले भनिन्,“विभिन्न पेशा ब्यवसायमा महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नु पर्छ ।”
महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन वालिङ उद्योग वाणिज्य संघले ठुलो भुमिका खेल्दै आएको छ भुषालले भनिन् । १८ बर्ष सम्म ब्युटीसियन व्यवसाय संचालन गर्दै आएकी थापाले १९ औं बर्षमा पार गरेको अबसरमा ट्रेनिङ सेन्टर संचालनमा ल्याएको हो ।
जिल्लाकै पहिलो र सुविधा सम्पन्न ब्यूटीसियन ट्रेनिङ् सेन्टर वालिङमा संचालनमा आएपछि सिक्नका लागि पोखरा जानुपर्ने बाध्यता हटेको बताइएको छ । उद्घाटन समारोहमा ब्यूटीसियन एसोसेशन स्याङ्जाका सचिव प्रमिला गुरुङ् र निवर्तमान उपाध्यक्ष तुलसी गुरुङ्ले संचालन र स्वागत गरेका थिए भने सृष्टि हर्बल ब्यूटीसियनका प्रोपाईटर दुर्गा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
वागमती प्रदेशमा विशेषाधिकार समिति गठन
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार