जाँड र व्हिस्कीमा ल्याइएको संंघीयता ठीक कि हिन्दु अधिराज्यसहितको बहुदलीय व्यवस्था ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १५:२९:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/ganatantra-rajtantra_fAgIEXY86V.jpg)
अब नागरिकले राजनीतिक अधिकार खोज्ने आधिकारिक फोरम भनेकै सडक हो । यदि नेपालीमा त्यो साहस र हिम्मत छ भने यो कम्यूनिष्टहरुको जड्यौरी संघीयता र गणतन्त्रको खोल बाग्मतीमा बगाएर सनातन हिन्दु अधिराज्यसहितको बहुदलीय व्यवस्था, नागरिकहरुको अधिकार सुनिश्चित रहेको २०४७ सालको आफैले र आफ्नै अभिभावकजस्ता नेताहरुले आफ्नै बलबुताले कसैको पिछिलग्गु नभईकन बनाएको संबिधानको पक्षमा सडकमा आउन जरुरी भैसकेको छ ।
नेपाली कांग्रेस र कम्यूनिष्टहरुले पनि यो बुझ्न जरुरी छ कि हिजोको चुनावमा कांग्रेस र कम्यूनिष्टहरुलाई भोट हाल्ने सबै नेपाली नागरिक वर्तमानका पनि कांग्रेस र कम्यूनिष्ट भने होईनन् । नेपाली राजनीतिका सारथीहरुको खराव आचरण, दुष्ट र छुद्र व्यवहारका कारण नेपाली जनता वर्तमानको राजनीतिक परिदृष्यबाट अत्यन्तै रुष्ट र आजित भैसकेका छन् ।
एक समय थियो जुनबेला राजनीतिक दलका नेताहरु असाध्यै ईमान्दार हुन्थे । आफ्नाे कार्यकर्ताहरुले आफ्ना दलका नेताहरुलाई आफ्नाे सबैभन्दा नजिकको आफन्त ठान्थे । नेता पनि आफ्नाा कार्यकर्ताहरुलाई आफ्नै छोराछोरी भन्दा पनि प्यारो मान्थे । हामी यिनै पुराना र त्यागी नेताहरुलाई स्मरण गर्न चाहान्छौ, अहिले पनि तमाम कार्यकर्ताहरु यिनै पुराना नेताको पुरानो व्यवहारको पर्खाईमा छौं ।
त्यो दिन अनि तिनै नेताको सोच भएका हाम्रा अभिभावक एकदिन फेरि अवश्य आउनेछन् भनेर चौतारो कुरेर बसिरहेका छन् । हामीलाई त्यस्ता होनहार नेताहरु चाहिएको छ जसले संसारमै उत्कृष्ट संबिधान बनाएर देखाए । राजा र जनतालाई एकै ठाउँमा उभ्याएर देखाए । महान् सन्त र त्यागी नेता भनेर आफ्नाे नाम ईतिहासको सुनौलो पानामा लेखाए ।
अब नागरिकले यो बुझ्न जरुरी छ कि फोहोरको बस्ने उपयुक्त स्थान भनेकै कण्टेनरमा हो । जनता अहिले आएर वर्तमानका नेता र तिनका आनीबानीको अध्ययन गर्न थालिसकेका छन् । हिजो किन राजा माहाराजाहरुले वर्तमानका नेता भनाउँदा चार पैसाका कौडीका दाममा नबिक्ने व्यक्तिहरुलाई जेलको कालकोठरीमा कोचेर राखेका रहेछन् भनेर ।
यिनीहरु जसरी हुन्छ आफ्नाे थैलो भर्ने, राष्ट्रिय ढुकुटीमा मनपरी गर्ने, देशका संबैधानिक तथा अन्य सरकारी निकायमा आफ्ना आफन्त र आसेपासे मात्र भर्ति गर्ने भन्दा माथिको बुद्धि र क्षमता भने पटक्कै भएको पाईएन । देश विकास गर्ने यिनका नारा थानकोट काट्ने बित्तिकै बिर्सिए । राजधानी पुग्न पाएको छैन बीचबाटो बाटै मस्त जाँड र व्हिस्कीमा लठ्ठिए । जनताका रोदन र क्रन्दन बिर्सिनेहरुले के जनताको पक्षमा राजनीति गर्नु ? यस्ताले त टुकुचामा गएर बरु डुबेर मर्नु । थारो गाई पाल्दा पाल्दा आजित नेपाली नागरिकहरु अब लैनौ गाई नै पाल्ने बरु कुँडो राम्ररी हाल्ने अवस्थामा पुगिसकेका छन् ।
यिनीहरुमा देश र जनताका सवालमा, मुलुक बनाउने सवालमा, देशबाट गरिवी र भोकमरी अन्त्य गर्ने सवालमा, नागरिकका छोराछोरीहरुले सर्वसुलभ र निशुल्क प्राबिधिक शिक्षा प्राप्त गर्ने वातावरण बनाउने सवालमा, नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अन्य कुनै पनि जिम्मेबारीका सवालमा रत्तिभर पनि चिन्ता रहेको देखिएन । आफु र आफ्ना सातपुस्ते आफन्तलाई पोस्ने बाहेक यिनीहरुको अन्य कुनै गतिलो काम देखिएन । यिनका आङ्गमा देखिएको लाजको पर्दा यिनका बेतुकका कुरा र जग हसाउने उखान टुक्काले छेकिएन । अब त नेता भन्ने बित्तिकै तीनकोष परबाट जनता बुरुक्क उफ्रन थालिसके । यिनका नाम र फोटाहरु आफ्नाे दलिनबाट निकालेर फालिसके ।
यिनीहरु जसरी हुन्छ आफ्नाे थैलो भर्ने, राष्ट्रिय ढुकुटीमा मनपरी गर्ने, देशका संबैधानिक तथा अन्य सरकारी निकायमा आफ्ना आफन्त र आसेपासे मात्र भर्ति गर्ने भन्दा माथिको बुद्धि र क्षमता भने पटक्कै भएको पाईएन । देश विकास गर्ने यिनका नारा थानकोट काट्ने बित्तिकै बिर्सिए । राजधानी पुग्न पाएको छैन बीचबाटो बाटै मस्त जाँड र व्हिस्कीमा लठ्ठिए । जनताका रोदन र क्रन्दन बिर्सिनेहरुले के जनताको पक्षमा राजनीति गर्नु ? यस्ताले त टुकुचामा गएर बरु डुबेर मर्नु । थारो गाई पाल्दा पाल्दा आजित नेपाली नागरिकहरु अब लैनौ गाई नै पाल्ने बरु कुँडो राम्ररी हाल्ने अवस्थामा पुगिसकेका छन् । यसको सामान्य झिल्काहरु पनि बिस्तारै नेपाली सडकहरुमा बल्न थालिसकेका छन् ।
यत्ति गर्दा पनि नसुध्रिएपछि अबको बिकल्प यिनलाई पिँधमा टिन झुण्ड्याएर थानकोटको डाँडा कटाउनै पर्छ । नत्र करोडौं नेपालीको स्वाभिमान त्यसै त्यसै ओइलाएर मर्छ । खराब काम गर्नेलाई फुलमाला लगाएर सम्मान गर्ने नेपालीको संस्कार छैन । यस्ता फटाहाहरुको अघिपछि लागेर हिडने नेपालीको पनि स्तर हैन । नेपाली त्यो हो जसले आफु आधा पेटमात्रै खाएर पनि अरुलाई सहयोग गर्न चाहान्छ ।
दुर्गन्धित ढल कहिल्यै पनि पवित्र गंगाजी बन्न सक्दैन । ढलको पानी कुनै पनि पवित्र कार्यमा समेत चढदैन । तर यदि त्यहि ढललाई गंगाजीमा मिसाईदियो भने त्यो पनि पवित्र गंगाजी बन्दछ । जसमा तमाम आस्थाका केन्द्रहरु धक पुगुञ्जेल डुबुल्की लगाउन सक्छन् । त्यहि पानी पवित्र गंगाजी मानेर आफ्ना घरसम्म बोकेर लान्छन् । त्यो पवित्र गंगाजी भनेकै आम नागरिकसहितको राजनीतिक शुद्धिकरणको आन्दोलनको अभियानमा सहभागी हुनु हो । सडकमा आउनु हो र नेतृत्व लिनु हो ।
अबको नेपाली राजनीतिलाई पनि त्यसरी नै पवित्र गैगाजी झै सङ्गलो बनाउनु परेको छ । अहिले किन हो नेपाल र नेपालीहरुको राजनीतिक आकाशमा साढे सात मात्रै चढेको छ । यसको स्वस्तिशान्ति गराउन अब तमाम नेपाली जनता सडकमा आउनुको बिकल्प छैन । जनताका पक्षमा नदेखिएको वाद र व्यवस्थाका पछि लागेर बर्षौ समय बर्बाद गर्न अब नेपालीलाई समय पनि छैन ।
हिजोसम्म यिनीहरु सामान्य नेता हुँदासम्म हामीले यिनै नेताहरुलाई पनि काँध काँधमा राखेर बोकेकै हो । अहिले आएर भ्रष्ट, अपराधी र निच सोचका देखिएपछि नेपाली जनताले बीच सडकमै थुकेकै हो । कतिलाई जुत्ता र कतिलाई गाला फुट्ने गरि कुटेकै हो । यत्ति गर्दा पनि नसुध्रिए पछि अबको बिकल्प यिनलाई पिँधमा टिन झुण्ड्याएर थानकोटको डाँडा कटाउनै पर्छ । नत्र करोडौं नेपालीको स्वाभिमान त्यसै त्यसै ओइलाएर मर्छ ।
खराब काम गर्नेलाई फुलमाला लगाएर सम्मान गर्ने नेपालीको संस्कार छैन । यस्ता फटाहाहरुको अघिपछि लागेर हिडने नेपालीको पनि स्तर हैन । नेपाली त्यो हो जसले आफु आधा पेटमात्रै खाएर पनि अरुलाई सहयोग गर्न चाहान्छ । देशै लुटेर खान थालेपछि यस्ता लुटेराहरुलाई के नेपाली जनताले काखमा राखेर नचाउँछ ? बरु त यस्ता अपराधीहरुलाई चारपाटा मुडेर चार भन्ज्याङ्ग पारीको डाँडा कटाउँछ ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
फागुन ५, २०८१ सोमबार
आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अघि कराँचीको रंगशालाबाट भारतीय झण्डा गायब !
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार