नेपाली बोल्नै नजान्ने गायिकाले गाइन् यस्तो नेपाली गीत
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १९:२९:२३
२७ कार्तिक, सिड्नी । इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् ।
नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्- ‘गाडी गुड्छ नेपाली…’ शीर्षकमा । वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुवालाई सरप्राइज दिन गाएकी थिइन्, तर गीतले नेपाली संगीतकर्मीहरुसहित दर्शक तथा स्रोतालाई नै आश्चर्यमा पारिदियो ।
१५ वर्षीया गायिका आइशा डोटेलको चौतर्फी प्रसंशा भयो । उक्त गीतका शब्दहरु अष्ट्रेलियामै बसोबास गर्ने प्रगती देवकोटा न्यौपानेले रचना गरेकी थिइन् भने संगीत दिएका थिए प्रगती,आइशा तथा प्रशान्तले । भिडियो बनाएका थिए सञ्चारकर्मी दीपेश श्रेष्ठले । उक्त गीतको भिडियो यूट्युबमा झण्डै पाँच लाख पटक हेरिएको छ ।
आईशा डोटेल, प्रगती देवकोटा न्यौपाने तथा दीपेश श्रेष्ठसहितको सोही समुहले यतिबेला अष्ट्रेलियाबाटै एउटा नयाँ गीत यूट्युबमार्फत सार्वजनिक गरेको छ, यसपटक पनि यो समुहले सांगीतिक क्षेत्रमा केही सरप्राइज दिएको अनुभव गरेको छ ।
यसपटक पनि प्रगती देवकोटा न्यौपानेको शब्दमा आइशा डोटेल तथा प्रमिला राईले एउटा गीत गाएका छन्- ‘लिसन टु मि’ शीर्षकमा । यो गीतलाई संगीतकर्मी सञ्जीव सिंहले संगीतबद्ध गरेका हुन् भने दिनेश श्रेष्ठले यसलाई संगीत संयोजन गरेका छन् ।
दीपेश श्रेष्ठले यो भिडियो निर्देशन गर्नुका साथै भिडियोको छायांकन तथा सम्पादन पनि उनैले गरेका छन् । भिडियोमा विशेष शेरचनको सह–निर्देशन छ ।
गीतकार प्रगति देवकोटाका अनुसार गीतमा आमा र उनकी टिनएजर छोरीको सम्बन्धको कथालाई चित्रण गरिएको छ । आमा–छोरीको हरेक दिनका क्रियाकलापहरु गीतमा चित्रण गरिएका छन् ।
हरेक आमाहरु आफ्ना किशोरी छोरीहरुप्रति चिन्तित भएजस्तै यो गीतमा पनि एउटी आमा उनकी छोरीप्रति चिन्तित छिन् । छोरीले गलत बाटो नसमातुन् भन्ने कुरामा आमा चिन्तित छिन् ।
आमा चाहान्छिन्, उनकी छोरीले उनका कुरा सुनुन् , सधैं सुरक्षित रहुन् तथा उज्वल भविष्यतर्फ अग्रसर हुन् । जबकि, छोरी आफैं स्वतन्त्र, आत्मनिर्भर तथा रमाइलो गर्न चाहन्छिन् ।
हुन पनि छोरी आत्मविश्वासले भरिएकी छिन्, आफ्नो बारेमा आफैं सोच्न सक्ने भएकी छिन् । आमाले आवश्यकताभन्दा बढी नै चिन्ता गरेको छोरीको बुझाइ छ । समग्रमा उक्त गीतले यही कुरा व्यक्त गर्दछ ।
विगत १६ वर्षदेखि सिड्नीमा बस्दै आएकी गीतकार प्रगती देवकोटा न्यौपाने गायिका आइशाकी आन्टी हुन् । वेस्टर्न सिड्नी यूनिभर्सिटी तथा यूनिभर्सिटि अफ सनसाइन कोस्टमा अध्यापन गराउने प्रगती महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी पनि हुन् ।
उनका हजुरबुवा मधुसुदन देवकोटा र लक्ष्मीप्रसाद देवकोटा दाजुभाइ हुन् । आइशालाई नेपाली गीत गाउन प्रेरित गर्ने प्रगति नै हुन् ।
एक वर्षअघि प्रगति र आइशाको परिवार क्याम्पिङ गएका थिए । त्यही बेला आइशाले अंग्रेजी गीत गाइन् । आइशाको गायनबाट प्रभावित प्रगतीले आफ्नी छोरीलाई संगीत सिकाइदिन अनुरोध गरिन् ।
नेपालमा हुँदा प्रगती गीत तथा कविता रचना गर्थिन् । छोरीलाई संगीत सिकाउन थालेकी आइशालाई उनले आफूले लेखेको नेपाली गीत अभ्यास गराउन थालिन् । ‘नेपाली भाषा सिकेर बुवालाई सर्प्राइज दिने भन्दै आइशाले प्रसस्त मिहिनेत गरेर नेपाल उच्चारण गर्न सकिन्, गीत नै गाउन सिकिन्’ प्रगतीले आईशा गायिका बन्नु पछाडिको प्रसंग कोट्याउँदै भनिन् ।
भिडियोका निर्देशक दीपेश श्रेष्ठ भन्छन्— ‘जब मलाई प्रगतीले यो गीतको कन्सेप्ट सुनाइन्, मलाई एकदमै मन छोयो । शायद आफू पनि एक अभिभावक भएकाले होला । अचेल दुई पुस्ताबीचको दुरी केही बढेको हो कि जस्तो लाग्छ । हामी परदेशीहरुको धेरै समस्याहरु मध्ये एउटा ठूलो समस्या आफ्ना बच्चालाई नेपाली भाषा सिकाउनु पनि हो ।
आमा–छोरीबीचको संवादलाई गीतमार्फत अहिलेको पुस्तालाई पनि मन पर्ने खालको बनाउनु एउटा चुनौती नै थियो । त्यति मात्र होइन, नेपाली संगीतमा एउटा नौलो प्रयोग गर्ने रहर पनि थियो । प्रगतीले शब्द कोर्दै गइन्, आफैं पनि छोरीकी आमा भएकाले होला उनले आफ्नो मनको बह शब्दमा उतार्दा निकै लामो भएको थियो ।
शब्दको खाका तयार पारेर संगीतकार सञ्जीव सिंहलाई संगीतका दिने दिने निर्णय भयो । गीत अलि लामो भएकाले प्रगतिले धेरै पटक पुनर्लेखन गरेर छोटो पारिन्, सञ्जीवले मीठो धुन तयार पारे । गायिका प्रमिला राई र आइसाले धेरै मेहनत गरेर गाएका छन् । आइसाको स्वर सुन्दा उनी १५ वर्षीय बालिका हुन् भनेर पत्याउन निकै गाह्रो पर्छ ।’
यस्तो छ भिडियो:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार