चौरसियाको श्रद्धाञ्जली सभाका नाममा लाखौं रकम असुली, भागबण्डा नमिल्दा नेकपा नेताबीच चर्को विवाद
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार २०:५८:१
२७ कार्तिक बीरगञ्ज । नेकपाका बिन्दवासिनीमा गाउँपालिकाका स्थानीय नेता स्वर्गीय मुकेश चौरसियाको श्रद्धाञ्जली सभा सम्पन्न गर्नको लागि नेताहरुको नाम बेच्दै उठाएको रकमको हिसाबकिताब एकले अर्कोलाई दिन नमान्दा नेकपा पर्सामा फेरि बबण्डर भएको समाचार प्राप्त हुन आएको छ ।
नेकपाका नेता नागेन्द्र चौधरीको अगूवाइमा उनकै निवास बीरगंजस्थित फुलवारी टोलमा हिजो बिहान ७ बजे बसेको अगूवा नेताहरुको बैठकमा उठेको रकम फिर्ता गर्ने र नगर्ने बिषयमा ब्यापक विवाद भएको समाचारमा जनाइएको छ । चौरसियाको श्रद्धान्जली सभामा नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनेर व्यापक चन्दा संकलन गरिएकोमा भागबण्डामा ४ लाख ५० हजार छोटेलाल यादव एक्लै हिनामिना गरेपछि बैठकमा चर्को विवाद भएको नेकपा कै एक नेताले बताए ।
सो बैठकमा सहभागी भएका एक नेताका अनुसार छोटेलाल यादवले पर्सा र बाराका विभिन्न ठाउँबाट उठाएको रकमको हिसाब दिन नमानेपछि बैठकमा भनाभन भएर विवाद भएको हो । कार्यक्रम नभएपछि सभाको नाममा जस्ले जहाँबाट चन्दा सहयोग लिएका छन् त्यो अरुले भन्नुभन्दा पनि पहिले नैतिकताको आधारमा फिर्ता गर्ने बिषयमा छलफल हुँदा यादवले आफ्नो हिसाब नबताउँदा यादव र चौधरीका बीच विवाद भएको छलफलमा रहेका एक नेताले बताए ।
पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्ड आउने भन्दै बिभिन्न पालिका, उद्योगी ब्यापारी तथा अन्यसँग लाखौं रकम चन्दा लिइएको बताइन्छ । उक्त रकम अब कार्यक्रम हुन नसकेपछि फिर्ता हुनुपर्ने आम कार्यकर्ताको माग रहेको छ भने दाताहरुसँग लिइएको रकम प्राप्त गरेपनि गरिएको छैन् भन्दै झुठो सफाई समेत बैठकमा पेश गरेर रकम झ्वाम पार्ने प्रपञ्च रच्न थालिएको आरोप प्रत्यारोप कार्यकर्ताहरु बीच नै हुन थालेको छ ।
गत ६ गते बिन्दवासिनी गाउँपालिका स्तरिय नेकपाको शपथग्रहण समारोहमा झडप हुँदा जिल्ला कमिटीका सदस्य समेत रहेका मुकेश चौरसिया आफ्नै पार्टीका कार्यकर्ताद्धारा मारिएपछि दोषीलाई कारवाहीको माग गर्दै आयोजना गरिएको प्रदर्शन, दाह संस्कार, परिवारलाई सहयोग र श्रद्धाञ्जली सभाको नाममा लाखौं रकम उठाइएको र त्यसमा पीडित परिवारलाई प्रर्याप्त रकम नदिइएको, सभा नगरेको, उठाइएको रकम फिर्ता नगरिएको र पारदर्शिता अपनाई सबै हरहिसाब सार्वजानिक गर्नुको साटो उल्टै एकले अर्कोमाथि दोषारोपण नेता नागेन्द्र चौधरीको निबासमा आयोजित बैठकमा हुन थालेपछि अनेक खालको आशंका उत्पन्न भएको हो ।
बैठकमा नेताहरु नागेन्द्र चौधरी, रामचन्द्र साह, बालगोपाल थापा , बिचारी यादब, रहबर अन्सारी, बिजय महतो, छोटेलाल प्रसाद यादब लगायतका नेताहरुको सहभागिता रहेको बताइन्छ । यसका बारेमा सहभागीहरु मध्येकालाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार