युवराज खतिवडालाई संसदीय समितिमै आपत !
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार २२:२०:२८
२७ कार्तिक, काठमाडौं । बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाको सुनुवाई थियो । पूर्वअर्थमन्त्री समेत रहेका खतिवडा अमेरिकाका लागि नेपाली राजदूत भएपछि उनको आलोचना चुलियो । तर पनि उनको नियुक्ती प्रक्रिया रोकिएन ।
यसका लागि संसदीय सुनुवाई भयो । संसदीय सुनुवाईमै उनलाई फलामको चिउरा चपाए सरह कडा शब्दमा नेकपाका सांसदले आलोचना गरेका छन् । अर्थमन्त्री भएर अमेरिकी परियोजना एमसिसी पारित गर्न नसकेको भन्दै नेकपा सांसदले उनको आलोचना गरेका थिए ।
पूर्वअर्थमन्त्री समेत रहेका सुरेन्द्रप्रसाद पाण्डेले खतिवडाको चर्को आलोचना गरेका थिए । उनैले संसदीय सुनुवाईका क्रममा अर्थमन्त्री भएर राम्रो काम गर्न नसकेका बेला अमेरिकाका लागि राजदूत भएर कसरी काम गर्नुहुन्छ ? भन्दै खतिवडालाई प्रश्न गरेका थिए ।
जवाफमा खतिवडाले परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताए । पछिल्लो समय ओलीको चाकरी गरेर खतिवडा अर्थमन्त्रीपछि अमेरिकाका लागि नेपाली राजदूत बनेको आरोप छ । सोही कारण नेकपाभित्रै उनको आलोचना सबैभन्दा धेरै हुने गरेको छ ।
नेकपाकै सरकारमा अर्थमन्त्री भएर पनि सांसदबाट कडा प्रश्नको सामना गर्नु परेपछि उनलाई आपत परेको थियो । गुटको कुरा नमिल्दा उनलाई प्रचण्ड र माधव नेपाल पक्षका सांसदले ओलीको चाकरीबाज भन्दै र्याखर्याख्ती पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार