नेकपाको सचिवालय बैठक आज बस्दै
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार १३:५५:२४
२८ कार्तिक, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ४ बजेपछि बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ पार्टीको आन्तरिक किचलोका विषयमा निर्णायक छलफल हुने अनुमान गरिएको छ ।
लामो छलफल, दबाब र गुटबन्दीपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ४ बजेका लागि बैठक आह्वान गरेका हुन् । यद्यपी आजको बैठक बसीहाल्छ भन्नेमा नेताहरु ढुक्क छैनन् । यसअघि पनि ओलीले आफूलाई बाध्य पारेर बोलाइएका बैठक शुरु हुन अगाडी स्थगित गर्ने गरेका छन् ।
शुक्रबारको बैठक अघि प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरुले पटक पटक भेटेर, दबाब सिर्जना गरेर बैठक बोलाउन बाध्य भएकाले ओलीले समयमै बैठक सुचारु गर्छन् भन्नेमा आशंका जन्मिएको हो ।
त्यसमाथि आजको बैठकका लागि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले बेग्लै रणनीति बनाएको छ । बिहीबार खुमलटारमा भएको घण्टौ लामो छलफलले ओलीविरुद्ध फरक र निर्णायक रणनीति बनाएको नेताहरुको दाबी छ ।
यसले शुक्रबारको बैठकमा ओलीलाई अल्पमतमा पार्ने प्रचण्ड पक्षको प्रयास हुनेछ । जसको सामनाका लागि ओली आन्तरिक छलफल र परामर्शमै छन् ।
के छ प्रचण्डको रणनीति ?
पछिल्लो समय आलोपालो सहमतिअनुसार आफूलाई प्रधानमन्त्री पद नदिएको भन्दै प्रचण्ड ओलीविरुद्ध निरन्तर चाल बुनिरहेका छन् । शुरुमा सचिवालय र पछि स्थायी कमिटी बैठकमै ओलीको सार्वजनिक राजीनामा माग गरेका प्रचण्डले अहिले पनि त्यही माग गरिरहेका छन् ।
तर प्रधानमन्त्री ओली आफूले कुनै हालतमा राजीनामा नदिने भन्दै अड्डी कसेर बसेका छन् । जसले गर्दा सत्तारुढ नेकपाभित्र निरन्तर आन्तरिक किचलो बढ्दो छ । शुक्रबारको सचिवालय बैठकमा पनि प्रचण्ड पक्ष ओलीलाई गलाउने रणनीतिमा छ ।
राजदूत नियुक्ती, मन्त्रि हेरफेर, गुटगत नियुक्तीका विषयमा प्रचण्डले ओलीसँग निर्णायक जवाफ माग्ने तयारी छ । यसभन्दा पनि बढी पेचिलो बनेको पार्टी एकता टुंगोमा पुग्न नसकेपछि पार्टी फुटाउने प्रस्ताव ओलीले नै गरेपछि प्रचण्ड बढी दबाबमा छन् ।
पार्टी फुटाउने वा मिलाउने भन्ने विषयमा शुक्रबारको सचिवालय बैठकले थप अगाडीको बाटो देखाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार