महाकालीको झोलुङ्गे पुलमा आवागमन बन्द
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार १७:३५:४८
२८ कार्तिक, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।
“अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत नहुन्जेल सम्मका लागि बन्द गरिएको छ”, उनले भने, “पुल मर्मतको कार्य पूरा नहुन्जेल आवागमन नगरिदिन समेत आग्रह गरेका छौँ ।” गतवर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु ६० लाख खर्चेर ठेक्का प्रकृयामाफर्त मर्मत गरेको थियो ।
डडेल्धुराको खाम्पाचे÷देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी–५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो । पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडार्इँको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ ।
नेपालमा रहेका सबै प्रकारका पुलमध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । विसं २०६१ सालमा रु ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । सो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुल ३२ दशमलव ७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार