स्थानीय सरकारलाई संघीय सरकारको साथ छ : उपप्रधानमन्त्री पोखरेल
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार २३:४९:२३
२८ कार्तिक, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘गाउँपालिकाहरुका असल अभ्यासहरुको संँगालो’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देश विकास सम्भव रहनेमा जोड दिए ।
विश्वभरि फैलिएको कोरोना महामारीको बेला स्थानीय तहले गरेको कामको प्रशंसा गर्दै स्थानीय तहको सकारात्मक कामले सङ्घ र प्रदेशको पनि प्रतिनिधित्व गर्ने धारणा उनले राखे । नेपाल सरकारका अन्य निकायलाई पनि यस्ता पुस्तक प्रकाशन गरी सबैलाई जानकारी दिन उनले सुझाव दिए ।
अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकर्ण विष्टले निर्वाचित भएपछिको अब बाँकी दुई वर्षका अवधिमा पनि जनताकै हितमा काम गर्न जनप्रतिनिधिलाई शुभकामना दिए । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजीकबाट सरकार भएको अनुभूति गरेको धारणा राखे । महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वका बारेमा थप प्रष्ट पारेको बताए ।
पुस्तकलाई पाँच विषयगत क्षेत्रमा विभाजन गरिएको छ । ‘संस्थागत सुद्दढीकरण सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ का विषय पुस्तकमा समेटिएको छ ।
मुलुकभरका ६६ जिल्लाका गाउाँलिकाका विवरण पुस्तकमा समेटिएका छन् । तीन वर्षका अवधिमा प्रदेश नं १ बाट ३८, प्रदेश नं २ बाट १९, वाग्मती प्रदेशबाट ६२, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३९, कर्णाली प्रदेशबाट २८ र सुदूरपश्चिम प्रदेशबाट २६ स्थानीय तहका अभ्यास यसमा समाविष्ट छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार