प्रचण्ड बाहिरिएपछि बालुवाटारमा माधव नेपालसँग ओलीको छुट्टै छलफल
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शनिबार ०:१७:५९
२८ कार्तिक, काठमाडौं । प्रचण्डले छुट्टै प्रस्ताव राखेर बाहिरएपछि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यसँग छु्ट्टाछुट्टै परामर्श थालेका छन् । प्रचण्डको प्रस्तावबारे वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुसँग परामर्श गरेका हुन् ।
सचिवालय बैठक सकिएलगत्तै प्रचण्ड बैठकबाट बाहिरिएका थिए । प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बाहिरिएका थिए । तर ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग छ्ट्टै परामर्श गरेका हुन् ।
यसले प्रचण्डको चालबाजीविरुद्ध ओलीले पनि कडा कदम उठाउन सक्ने अनुमान गरिएको छ । नेकपा फुटको संघारमा पुगेका बेला प्रचण्डले राजनीतिक प्रतिवेदन सचिवालयमा राखेका हुन् । सो प्रस्तावमाथि मंसिर ३ गते बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार