नेकपाभित्र ओली र प्रचण्डको ताण्डव !
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शनिबार १:१६:२
२८ कार्तिक, काठमाडौं । सत्तारुढ नेकपाभित्रको नेतृत्व विवादले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चर्को रस्साकस्सी चलेको छ । नेकपाभित्रको आन्तरिक किचलोसँगै दुई अध्यक्षबीच आरोप प्रत्यारोप चलेको हो ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र नै लेखेर खुमलटारबाट पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । उनले पार्टी सचिवालय खुमलटारमा बसेर चलाउन खोजेको भन्दै सरकारलाई अनावश्यक हस्तक्षेप गर्ने कामले गर्दा विवाद निम्तिएको पनि आरोप लगाएका छन् ।
यस्तै प्रचण्डले पनि ओलीलाई मुखमा अमृत देखाएर घडामा विष राखेको आरोप लगाएका छन् । पार्टीभित्र सामान्तवाद लागु गर्न खोजेको भन्दै प्रचण्डले ओलीको कडा शब्दमा आलोचना गरेका छन् । दुवै अध्यक्षले एक अर्कालाई पत्र लेखेर आरोप प्रत्यारोप गरेर विवाद झन उत्कर्षमा पुगेको सकेत दिएका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा पनि विवादका विषयमा छलफल हुनुको साटो एक अर्कोलाई घोचपेच गर्ने श्रृङ्खला चलेको थियो । एक अर्काप्रति तिखा आरोप लगाउने क्रम बढेपछि बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार