महेन्द्रनगरमा म्युजियम सञ्चालन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ शनिबार १४:४१:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/musiem_lj3Wk4e6R9.jpeg)
२९ कार्तिक, कञ्चनपुर । क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए । उनले भने, “ लकडाउन र महामारीले सञ्चालन समयमा गर्न सकेनौं ।”
उनले पछिल्लो समय म्युजियम परिसरमा फोटो खिच्ने, टिकटक बनाउने क्रम बढेपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको बताए । उनले भने, “ अवस्था ठिक भए सबै सेवा नियमित गर्नेछौं ।” परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन् भने भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन कक्ष छन् ।
यसले विद्यार्थीहरुलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाईने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा नौ धारा सहितको स्वीमीङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो संरचना सुदूरपश्चिमको आर्कषक पर्यटकीय स्थल बन्ने बताए ।
सो संरचनाका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती र क्याप्टेन स्वयंले ट्रष्टका लागि जग्गा दान गर्नुभएको छ । जग्गाको मूल्य रु तीन करोड पर्छ । म्युजियमको निर्माणमा रु चार करोड समेत गरी रु सात करोडको लागतमा म्युजियम बनेको हो । जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने आमा सरस्वतीको उक्त परिसर भित्र शालिक बनाइएको छ ।
ट्रष्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो स्थलमा प्रवेश निशुल्क गरेको छ । अन्यको हकमा प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ । म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीलाई रु १०० र अन्यका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको छ । ट्रष्टले यसअघि धनगढी र काठमाण्डौंमा म्युजियम सञ्चालनमा ल्याइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार