भूकम्पले मुहान सुकेको तातोपानीमा चहलपहल बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ शनिबार २१:४८:४८
![](https://nepalbahas.prixacdn.net/media/albums/Tatopani-Kunda-in-Rasuwa_o3zifytS2I.jpg)
२९ कार्तिक, काठमाडौं । भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ । उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलोे भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् ।
गानुगोला, बाथ, छाला, अवलपित्त, दमखोकीलगायत रोग न्यूनीकरणका लागि उपयुक्त मानिँदै आएको तातोपानी पुनः उत्पत्ति भएसँगै आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको तातोपानी संरक्षण समितिका पूर्वअध्यक्ष रामबहादुर तामाङले बताए । मुहान सुक्दा सुनसान बन्न पुगेको त्यस क्षेत्रमा पुनः पानी उत्पत्ति भएपछि अहिले दैनिक ४० देखि ५० आन्तरिक पर्यटक नुहाउनका लागि तातोपानी पुग्ने गरेको र बन्द भइबसेका १५ वटा होटेलसमेत पुनः सञ्चालनमा आइसकेको बताइन्छ ।
मूल सुक्नु अगाडि ८२ डिग्री सेल्सियस तापक्रममा रहेको तातोपानी पुनः फर्कंदा २२ डिग्री सेल्सियसमा रहे पनि हालको नापबाट ४३ डिग्रीमा पुगेकाले अब एकदुई महिनामा तातोले पूर्णता पाउने अपेक्षा गरिएको स्थानीयवासी बामेन तामाङले बताए ।
विशेष मेलाअन्तर्गत नुहाउनका लागि प्रत्येक वर्ष कात्तिक र चैतमा हजारौँ आन्तरिक पर्यटक पुग्ने तातोपानी क्षेत्र तामाङ सम्पदा मार्गसमेत हो । कोभिड–१९ सङ्क्रमण हटेपछि बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको बताइएको छ । पैदलमार्ग भएर जानुपर्ने तातोपानी क्षेत्रमा मोटरबाटो निर्माण भएसँगै केही दिन अगाडि बाट बस सेवा सञ्चालन भइसकेकाले हिउँदयामको यात्रा सहज हुने तातोपानी संरक्षण समितिले जनाएको छ ।
यस्तै, नुहाउनका लागि टिमुरे क्षेत्रमा रहेको तातोपानीलाई समेत व्यवस्थापन गरिएको छ । टिमुरे गाउँभन्दा एक किमी दक्षिण रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको काखमा रहेको तातोपानीलाई व्यवस्थित पार्न रसुवागढी हाइड्रोपावरले पोखरी तथा पाटी निर्माण गरी सहयोग गरेकाले नुहाउन सहज भएको टिमुरेका वाङ्दी तामाङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार