सुर्खेतमा बँदेल मारेर मासु बेच्ने ३ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ आइतबार ०:०:३४
२९ कार्तिक, सुर्खेत । स्थानीय वन जंगलमा पाइने बँदेल मारेर त्यसको मासु बेच्ने चौकुने गाउँपालिकाका युवा सुर्खेतमा पक्राउ परेका छन् । सुर्खेतको मूलपानी चोकमा प्रहरीको चेकजाँचका क्रममा उनीसहित तीन जना पक्राउ परेका हुन् । चौकुनेमा जंगली बँदेल धेरै पाइने गरेको छ ।
पक्राउ पर्ने चौकुनेका युवा दीपेन्द्रराज गिरी हुन् । चौकुने गाउँपालिका–८, घर भएका उनी ३५ बर्षका हुन् । शहर बजारमा बँदेलको मासुको भाउ महंगो हुने भएपछि उनले मारेर बेच्न थालेका थिए । तर प्रहरी चेकजाँचमा लुकाउन नसक्दा उनी पक्राउ परेका हुन् ।
गिरीसँगै सुर्खेतकै बराहतताल गाउँपालिका–८ अर्जुन गौतम र वीरेन्द्रनगर नगरपालिका–४ का प्रेम बुढामगर पनि छन् । गौतम र बुढामगर गिरीका साथी हुन् । फोर्स गाडीको छतमा राखेर सुर्खेतमा बेच्न लैजाँदा गिरीसहित तीनै जना पक्राउ परेका सुर्खेतका एसपी राजेन्द्र भट्टले बताए । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार