प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता
नेपालबहस संवाददाता
कात्तिक ३०, २०७७ सोमबार ०:३९:१७
३० कार्तिक, काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक द्वन्द्व बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक परामर्शमा जुटेका छन् । प्रचण्डले लगातार आक्रमण गरिरहेका बेला ओलीले पूर्व एमाले निकट नेताहरुसँग परामर्श गरेका हुन् ।
शनिबार मात्रै राष्ट्रपति विद्या भण्डारीसँग भेटेका प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमसाँग परामर्श गरेका छन् । आइतबार वामदेवलगत्तै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।
सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा वामदेवसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि समर्थन गरेका छन् । सो प्रस्तावपछि ओली नेतृत्वको सरकार संकटमा परेको छ । प्रचण्डले सैद्धान्तिक रुपमै फरक मतसहितको प्रतिवेदन पेश गरेपछि ओलीलाई अब राजीनामा दिने कि प्रचण्डको कुरा सुन्ने भन्नेमा द्धिविधा छ । बालुवाटारमा यस विषयमा ओलीले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका छन् ।
छलफल सकारात्मक रह्यो वा रहेन् ? भन्ने खुलेको छैन् । यसअघि ओलीले वामदेव गौतमसँग परामर्श गर्दा छलफल सकारात्मक भएको थिएन् । वामदेवले प्रचण्डलाई दोष दिनुको साटो आफ्नो कार्यशैली सुधार्न ओलीलाई आग्रह गरेका थिए ।
प्रचण्डले गौतम, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको समर्थनमा सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि ओली झस्केका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार