ओली-प्रचण्डको घानमा पिल्सिएका माधव नेपाल र वामदेव गौतम
नेपालबहस संवाददाता
मंसिर १, २०७७ सोमबार १६:५५:३१
१ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोले नेपाली राजनीतिक तरंगित छ । खासगरी नेताहरुको स्वार्थीपन र पदीय लडाईले नेकपाभित्र मात्रै होइन, दुई तिहाई बहमुत पाएको पार्टीको चर्तिकलाले सारा नेपाली ताण्डव हेर्न बाध्य छन् ।
आम नेपालीलाई समेत लज्जित पार्ने नेकपा नेताहरुको जुँगाको लडाई ओली र प्रचण्ड केन्द्रित छ । नेकपाका अध्यक्षद्धय यी दुई नेताहरुको स साना कुरा पनि सञ्चारमाध्यममा हेडलाइन बन्छन भने कुनै एकको मात्रै इगोले सारा पार्टीका नेता कार्यकर्ता चिन्तित छन् ।
ओली र प्रचण्डको जुँगाको लडाईमा सारा नेकपा पार्टी बिरामी बनेको छ । दुई नेताको पदको लडाईले अरु वरिष्ठ भनिएका र आश गरिएका नेताहरु पनि मुसो बिरालोको खेलमा सिमित छन् । खासगरी नेकपाको पछिल्लो आन्तरिक किचलोमा वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम पनि जिम्मेवार छन् ।
तर यी दुई नेताको अस्थिर धारणाका कारण नेकपा पार्टी किचलोमै सिमित हुनुपर्ने बाध्यता छ । कहिले प्रचण्डपट्टि त कहिले ओलीतिर लाग्ने यी नेताहरुको निर्णायक सोच नहुँदा पार्टी कार्यकर्ताबाट पनि आलोचित बन्न पुगेका छन् ।
जसले गर्दा नेकपाको राजनीति दुर्घटनातर्फ अग्रसर भएको छ । ओली र प्रचण्डलाई सत्ताको र पदको मात्रै लोभ भएकाले दुर्घटना हुन दिने वा नदिने भन्ने जिम्मेवारी वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमको काँधमा छ ।
गोट्टी बन्ने कि हस्तक्षेप गर्ने ?
यस्तो विषम परिस्थिती आइलागेका बेला यतिबेला वामदेव गौतम र माधव नेपाललाई पनि यक्ष प्रश्न तेर्सिएको छ । अब सधै ओली र प्रचण्डको गोट्टी बन्ने कि हस्तक्षेप गर्ने ? कहिले ओली पक्ष त कहिले प्रचण्ड पक्षमा लाग्न छाडेर पार्टी र देशलाई चाहिएको के हो ? अब कुन निर्णय ? कसलाई नेतृत्व दिने ? भनेर हस्तक्षेप गर्ने कि खाली हेरेर ताली मात्रै बजाउने ?
यी तमाम प्रश्न नेकपाका कार्यकर्ताको मनमा उठेको छ । हालै प्रचण्डले सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव पेश गरेका छन् । राजनीतिक प्रतिवेदनको नाम दिइएको प्रस्तावमा ओलीको नेतृत्वलाई झुर भनिएको छ ।
अनि ओली कार्यकालमा भएका विभिन्न काण्डलाई सूचीकृत गरेर उठाइएको छ । यसका पछाडी वामदेव र माधव नेपालको हात छ । जुन उनीहरुले स्वीकार गरिसकेका छन् । ओलीका सबै कमजोरी र भ्रष्टाचारको पर्दाफास गरेर प्रचण्डको नेतृत्वमा प्रतिवेदन पेश भएको छ ।
तर विडम्बना प्रचण्डले अहिलेसम्म वामदेव र माधव नेपाललाई भर्याङ बनाएर ओलीसँग सत्ता र पदको बार्गेनिङ मात्रै गरिरहेका छन् । माधव नेपाल र बामदेव गौतमको चाहना र योगदानलाई सम्मान गर्नेभन्दा आफ्नो स्वार्थ लुट्ने प्रचण्ड प्रवृत्तिले पनि समस्या उत्पन्न गरेको छ ।
यस्तो बेला नेकपाको शीर्ष बरियतामा रहेका वामदेव र माधव नेपालले अब निर्णायक हस्तक्षेप गर्न जरुरी छ । सधै यो चर्तिकला हेरेर मात्रै पुग्दैन्, नेतृत्वमा रहेका व्यक्तिहरुले यस्तै कठिन घडीमा कदम र जोखिम उठाउन सक्नुपर्छ । अनि आम नेता, कार्यकर्ता र जनतामा आशाको सञ्चार गर्नुपर्छ । होइन भने नेकपा दुई तिहाईको बहुमत गुमाएर नेपालमा काम नलाग्ने पार्टीमा परिणत हुन बेर लाग्दैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार