धुलिखेलमा पर्यटन प्रवद्र्धन गर्न पहल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ३, २०७७ बुधबार १६:०:३
![](https://nepalbahas.prixacdn.net/media/albums/Dhulikhel-1_gkcEEHZX7f.jpg)
३ मंसिर, धुलिखेल । कोरोनाका कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् । होटल सङ्घ नेपाल हान काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवद्र्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ ।
सङ्घले कोरोना सङ्क्रमणको अवस्थामै सरकारले तोकेको स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटनलाई पुरानै लयमा फर्काउन विशेष प्याकेज ल्याइएको जनाएको छ ।
“स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन छौँ, पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले राहत दिलाउने अपेक्षा गरेका छौँ”, सङ्घका काभ्रेपलाञ्चोक अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले भने । सङ्घले विशेषगरी धुलिखेल घुम्न आउने दम्पतीलाई लक्षित गर्दै सस्तो प्याकेजसमेत ल्याएको उनले बताए ।
सङ्घले दम्पतीलाई लक्षित गर्दै रिसोर्ट एण्ड फुल सर्भिस होटल र बजेट एण्ड भ्यालु होटल गरी दुईखाले होटललाई लक्षित गर्दै प्याकेज घोषणा गरेको जनाएको छ । सङ्घका अनुसार पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा एक रात दुई दिन, दोस्रो प्याकेज ‘फिलिङ सुरपरम्यान’ मा दुई रात तीन दिन र तेस्रो ‘तीनधारे झरना’मा दुई रात तीन दिनको प्याकेज तयार गरिएको छ ।
उनले ‘कल्चर एण्ड नेचर’ मा पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य चियाले स्वागत गरिनेछ भने सोही साँझ धुलिखेलको लखनडबलीमा विशेष लाखेनाच देखाइने छ । प्याकेजको दोस्रो दिन बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्तिवनस्थित बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपछि होटलमा फर्की ब्रेकफास्ट गराइने छ । दिउँसोको खानापछि होटल छाड्नुपर्नेछ ।
दोस्रो प्याकेजमा ‘फिलिङ सुरपरम्यान’ अर्थात् पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य खाजाले स्वागत गरिनेछ भने साँझ ‘क्याम्प फायर’सहित खानाको व्यवस्था गरिनेछ । भोलिपल्ट बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवी मन्दिर तथा शान्ति वनमा रहेको बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपश्चात होटलमा ब्रेकफास्टपछि साहसिक जिपलाइन खेलका लागि लगिनेछ । साँझ धुलिखेलको पुरानो बजारमा हुने लाखेनाचका साथै नेवारी सांस्कृतिक धुनको मनोरञ्जन दिलाइनेछ ।
तेस्रो प्याकेजमा हालैमा प्रचारमा आएको रोशी गाउँपालिकास्थित ‘तीनधारे झरना’ प्याकेजअन्तर्गत पर्यटकलाई चिया र सामान्य खाजाले स्वागत गरिनेछ । साँझ धुलिखेलको लखनडबलीमा लाखेनाच देखाइने र भोलिपल्ट बिहानको ब्रेकफास्टपछि तीनधारे झरनाको यात्रातर्फ लगिनेछ ।
तीनधारे झरनास्थलमै लन्च प्याक व्यवस्था गरिएकाले पर्यटकले एक प्रकारको मिनी पिकनिकको आनन्द लिन सक्नेछन् । झरनाको अवलोकन गरेर फर्केपछि उक्त रात होटलमा बास बस्ने र भोलिपल्ट बिहान ब्रेकफास्टपछि होटल छोड्नुपर्ने योजना बनाइएको छ ।
सङ्घ अध्यक्ष श्रेष्ठले प्याकेज घोषणापश्चात धुलिखेलमा पर्यटकको चहलपहल दिनप्रतिदिन बढ्दै गएको बताए । “पहिलेकै अवस्थासम्म ल्याउन नसके पनि पर्यटन व्यवसाय बचाइराख्न पनि सङ्घले कदम चालेको हो”, उनले भने । उनका अनुसार सङ्घले कल्चर एण्ड नेचर प्याकेजमा रु चार हजार ५०० देखि १० हजार, फिलिङ सुपरम्यान प्याकेजमा रु १० हजार ५०० देखि रु २० हजार र तीनधारे झरना प्याकेजमा रु १२ हजारदेखि रु २२ हजारसम्मको प्याकेज घोषणा गरिसकेको छ । साना–ठूला गरी धुलिखेलमा मात्रै करिब १०० होटल छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार