हाँडीगाउँको विकासका लागि एक करोड बजेट
नेपालबहस संवाददाता
मंसिर ४, २०७७ बिहिबार २१:३६:९
४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रबर्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरिएको जानकारी दिएका छन् । काठमाडौं महानगरपालिका ५ मालीगाउँस्थित ऐतिहासिक ध्येः छेंः को पुनर्निर्माणका लागि स्थलगत निरीक्षण गर्दै शाक्यले सो क्षेत्रको अनुसन्धानका लागि रु एक करोड व्यवस्था गरिएको र महानगरपालिकाका तर्फबाट चाँडै सो क्षेत्रका पुरातात्विक सम्पदाको अध्ययन गरिने बताए ।
काठमाडौं उपत्यकामा साँखुपछि दोस्रो पुरानो बस्ती हाँडीगाउँ क्षेत्रमा पुराना मठमन्दिर, जात्रा तथा पर्वकोे संरक्षण तथा प्रबद्र्धन गर्नु महानगरपालिकाको आफ्नो दायित्व रहेको स्पष्ट गर्दै शाक्यले मैतीदेवी मन्दिरको खट तथा देवता राख्ने घरको मंसिरभित्र परम्परागत स्वरूपमा शिलान्यास गरिने जानकारी दिए । काठमाडौंस्थित मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीका रुपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वका अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देवता राखिने घर ‘ध्येः छेंः’ को निर्माण अनुमानित लागत रु दुई करोड ६ लाख छ ।
काठमाडौं क्षेत्र नं ५ (क) वाग्मती प्रदेशसभा सदस्य नारायण सिलवाल, तत्कालीन संविधानसभा सदस्य रत्न गुरुङ, कामपा– ५ का वडाध्यक्ष रमेश डङ्गोललगायत सो क्षेत्रको निरीक्षण गरेका थिए । स्थानीय सरोकार पक्षको उपभोक्ता समिति गठन गरेर भवन बनाउने तयारी भएको प्रदेशसभा सदस्य सिलवालले जानकारी दिए । मालीगाउँमा परापूर्वकालमा देवता तथा खट राख्ने ‘ध्येः छेंः’ बनाइएको थियो । सो भवन जीर्ण भएपछि आधुनिक रुपमा पुनर्निर्माण गरिएको थियो । अब भने प्राचीन शैलीमै निर्माण गरिने जनाइएको छ । सो भवनमा नेवार समुदायले भाइटीका तथा म्हपूजासमेत गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
कलाकार संघले भन्यो- स्वस्तिमा-साम्राज्ञीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार