बालिका बलात्कार गर्नेसहित फरार ५ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार १६:५:३४
५ मंसिर, फिदिम । पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका उनीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो ।
प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभियुक्तलाई ताप्लेजुङको तेल्लोकबाट पक्राउ गरेको छ । विसं २०७४ असार १ गते पाँचथरको हिलिहाङ गाउँपालिका–४ की आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका ती अभियुक्तलाई इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको सहयोगमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
उनलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको र नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
यस्तै सवारी ज्यान मुद्दामा एक वर्ष ११ महिना १५ दिन कैद र रु चार हजार जरिवाना तोकिएका जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का नेत्रसिं परियारलाई समेत पक्राउ गरेको छ । उनीमाथि ट्र्याक्टरले ठक्कर दिई वृद्धलाई गम्भीर घाइते बनाएको र घाइतेको उपचारका क्रममा मृत्यु भएको अभियोग लागेको छ ।
यस्तै प्रहरीले बहुविवाह मुद्दामा एक वर्ष कैद सजाय तोकिएका जिल्लाको फिदिम नगरपालिका–९ का थिरमाया थेगिम, कुटपिट मुद्दामा तीन महिना कैद सजाय तोकिएका फिदिम–५ का धनसिंह भनिने चन्द्रकुमार राई र चोरी मुद्दामा तीन दिन कैद सजाय तोकिएका जिल्लाको कुम्मायक गाउँपालिका–५ का उत्तम भण्डारीलाई समेत पक्राउ गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार