दुनियाँको रोजाई बनेका बिमल डाँगीको “मेरो हजुर”
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार १८:२६:३५
५ मंसिर, काठमाडौं । ब्यवसाहिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति ‘मेरो हजुर’ बजारमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर काठमाडौंलाई आफ्नो सांगीतिक पाठसाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।
उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमिबाट म टाढा हुँदै छु, लगाएतका थुप्रै गीतहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाईमा परिरहेका छन् । उनै गायक तथा सर्जक डाँगीले पछिल्लो सांगीतिक प्रस्तुति ‘मेरो हजुर’ ले पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने देखिन्छ ।
किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भावलाई थप प्रगाड़ता बनाउनका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्नेछ । तसर्थ यस गीतलाई पनि सामिजिक यथार्थता भित्रको प्रष्टता भन्दा फरक नपर्ला । त्यसो त पछिल्लो समय बजारमा आएका गीतहरुले छोटो चर्चापरिचर्चा मात्र पाउने गरेको हामी मनन गर्न सक्दछौं । गायक तथा सर्जक विमलका प्रस्तुतिले भने सदाबहार श्रोता तथा दर्शकहरुको मन जितिरहेको हुन्छ ।
यिनै गीतको चौतर्फी सफलता पछी बजारमा आएको बिमलको “मेरो हजुर” बोलको गीतमा डाँगी र उनकै अर्धांगिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । हामीले यो पनि अड्कल काट्न सक्छौं कि, गीतको भाव अनुसार, सम्पूर्ण संगीत पारखीहरुलाई केन्द्रित गर्दै पस्किएको यो गीत बिमलले आफ्नै अर्धांगिनीलाई कुनै अवसर पारेर उपहार प्रदान गरिरहेका छन् ।
बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुंगानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार