पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुन्छ : मन्त्री अर्याल
नेपालबहस संवाददाता
मंसिर ६, २०७७ आइतबार ०:२३:२६
६ मंसिर, काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहुँचको आधारमा विकास गर्ने प्रवृत्ति अन्त्य हुने बताएकी छिन् । उनले लोकतन्त्रमा विकास पहुँचको आधारमा नहुने भन्दै आवश्यकताका आधारमा विकास गरिएको बताएकी छिन् ।
आज स्याङ्जाको कालीगण्डकी–१ स्थित जनहित माध्यमिक विद्यालयको भवन शिलान्यास गर्दै विगतका शासनसत्तामा पहुँचको आधारमा विकास भएको तर अब लोकतन्त्रमा त्यसो नहुने भन्दै उनले भनिन्, “विगतमा पहुँचका आधारमा मुकाम केन्द्रित विकास भए अब त्यस्ता प्रवृत्तिको अन्त्य हुनेछ, विकास दुरदराजमा पुगेका छन् ।”
हरेक जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकार द्रुतगतिमा अगाडि बढिरहेको भन्दै त्यसको प्रतिफलमा जनताले घरघरमा स्वास्थ्य सेवा पाएको उनले बताइन । उनले भनिन्, “ विगतमा सिटामोल खान मुकाम नै जानुपर्ने अवस्था थियो, अब त्यस्ता समस्याको अन्त्य भएको छ । हरेक वडामा स्वास्थ्य एकाइ बनेको छ ।”
स्वास्थ्य, शिक्षा, खानेपानी, सूचना नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उनले भनिन्, “सरकार हरेक पालिकामा प्राविधिक, सीपयुक्त शिक्षाको अभियानमा छ । स्वास्थ्य, शिक्षाका लागि आवश्यक भौतिक संरचना बनेका छन् ।” लोकतन्त्रमा प्रणालीले राज्य चल्ने भन्दै आवश्यकताका आधारमा विकास भएको उनले बताइन् । “स्याङ्जा मुकामबाट विकट र टाढा मानिएका चण्डकीभञ्याङ, कालीगण्डकी अहिले राजमार्गको अन्य पालिकाभन्दा कम छैनन्, जनताले विकासको अनुभूत गर्नुभएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार