खोजी आवाजको पहिलो बिजेता भए सुर्खेतका धीरेन्द्र र अछामकी पवित्रा
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १८:०:३८
७ मंसिर, काठमाडौं । रेडियो काठमाडौं र डीएआर मुभिजको सहकार्यमा रेडियो काठमाडौं कार्यक्रम ईन्द्रेणीको बसाईमा “खोजी आवाजको” पहिलो चरणको विजेता सुर्खेतका धीरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन् ।
लोकगीत, दोहोरी गाउने क्षमता भएकाहरुका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजी अभियान सुरु गरिएको डीएआर मुभिजका सदस्य राजाराम गौतमले बताए । बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीत बजार व्यवस्थापन डीएआर मुभिजले गर्नेछ । विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए ।
देशभरका एक सय भन्दा बढि रेडियो एफएमहरूबाट एकै साथ प्रसारण हुने कार्यक्रम ईन्द्रेणीमार्फत देशभरका लोकगीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन ईन्द्रेणीका संचालक, चर्चित कार्यक्रम प्रस्तोता तथा रेडियो काठमाडाैंका स्टेशन म्यानेजर चन्द्रमणि गाैतमले गर्ने गरेका छन् । “खोजी आवाजको” प्रतियोगिताको निर्णायकमा लोकदोहोरी गायक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन्
पहिलो रेडियो अडिसनमा सिता मगर भोजपुर, धनराम परियार काठमाण्डौ, उपेश परियार दाङ, महेश दवाडी काठमाण्डौ, छिना गुरूङ भोजपुर र पृथ्वीराज बडुवाल साउदी अरेवियाबाट सहभागी भएका थिए । धनराम परियार र सिता मगर पहिलो अडिसनबाट छनौट भएका थिए ।
यस्तै दोस्रो रेडियो अडिसनमा कैलास कैनी डडेलधुरा, थामी मगर प्युठान, रमेश विश्वकर्मा गुल्मी, बबिता पुन रोल्पा, पवित्रा खड्का अछाम र स्वोता सुनार गुल्मीबाट सहभागी भएका थिए । कैलास कैनी र पवित्रा खड्का अडिसनबाट छनौट भएका थिए ।
यस्तै तेस्रो रेडियो अडिसनमा पुर्ण कुमार तिवारी काठमाण्डौ, पवित्रा आले मगर काठमाडाैं, नविन बोहरा डोटी, कल्पना मगर सल्यान, पासाङ शेर्पा भोजपुर र धीरेन्द्र सलामी मगर सुर्खेतबाट सहभागी भएका थिए । धीरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी अडिसनबाट छनौट भएका थिए ।
तीन अडिसनबाट ६ जना छानिएका थिए । जसमा धनराम परियार, सिता मगर, पवित्रा खड्का र धिरेन्द्र सलामी मगर रहेका थिए । फाइनलमा प्रतिस्पर्धाबाट सुर्खेतका धीरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएकी हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार