प्रधानमन्त्री ओलीमाथि महाअभियोग लाग्नसक्ने २० पानाको प्रतिवेदन आइसक्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार १:२८:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/Jagadiswor-Narsingh-Kc_GDNoyc8xHM.jpg)
७ मंसिर, काठमाडौ । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले प्रधानमन्त्री केपी ओलीमाथि महाअभियोग लाग्नसक्ने २० पानाको प्रतिवेदन आईसकेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सभापति केसीले महाअभियोग लाग्नसक्ने २० पानाको प्रतिवेदन आईसकेकाले हामीले के गर्ने भनी जिज्ञासा राखेका हुन् ।
सत्तामा बसेर जे गर्ने हो त्यो नभन्ने, जे भनेको हो त्यो नगर्ने, बेईमान राजनीतिमा प्रचलित अपारदर्शी कम्युनिस्ट आचरण प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बरण गरेको देखिन्छ । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने उनको बारम्बारको अस्वाभाविक भनाईले हामीलाई आश्वस्त बनाएको होइन, आशंकित बनाउन थालेको थियो, उनले लेखेका छन् ।
उनले अगाडि भनेका छन्, आशंका झुटो होस् भनी हामीले चाहे पनि, हाम्रो चाहनाविपरीत सत्य सावित भयो । सत्तारुढ ने।क।पा। का ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाभित्रकै एउटा सशक्त र प्रभावशाली पक्षको प्रतिनिधित्व गर्दै हालै प्रस्तुत गरेको १८ बुँदे प्रतिवेदन आफैमा ओलीजी र उनको सरकारको नालायकी र सत्तामा रहन अयोग्य भएको आधारभूत दस्तावेज हो ।
वास्तवमा प्रचण्डद्वारा प्रस्तुत उक्त प्रतिवेदनले प्रधानमन्त्री ओलीमाथि महाअभियोग नै लाग्ने १८ वटा बुँदा उल्लेख गरेको छ । त्यसैले अब यो प्रतिवेदन नेकपाभित्रको आन्तरिक दस्तावेज मात्र भएन, त्यसको अन्तरवस्तु सार्वजनिक चासोको विषय भएकोले नेपाली कांग्रेसले लोकतान्त्रिक विधिमार्फत उचित आवश्यक कारवाही गर्ने बेला आएको छ ।
प्रचण्डले प्रस्तुत गरेको २० पृष्ठ लामो सो प्रतिवेदनको १२ औं पृष्ठमा प्रष्टसँग उल्लेख छ, “वाईड बडी विमान खरिद, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्गसँगको अपारदर्शी र शंकास्पद कारोबार, चिनी आयातमा घोटाला, कोरोना संक्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नु अघि अतिगोप्य राख्नुपर्ने राजश्वका दररेट परिवर्तनलाई चुहाएर विद्युताबाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता जस्ता प्रकरण सार्वजनिक भए । यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर क। के।पी। शर्मा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।” उनले भनेका छन ।
सत्तारुढ नेकपामा ओली सरहको हैसियतका समकक्षी प्रचण्डले एउटा सिंगो पक्षलाई प्रतिनिधित्व गर्दै प्रस्तुत गरेको उक्त प्रतिवेदनबारे प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई त चुप लागेर बस्नु नहुने बनाएका छ नै, सत्तारुढ पार्टीभित्रकै न्यायप्रेमी र निष्ठावान नेता तथा कार्यकर्ताहरूका साथै मतदाताहरू समेत प्रतिवेदनका अन्तर्वस्तुलाई बोकेर वर्तमान सरकारका विरुद्ध उत्रिनु आवश्यक भइसकेको छ ।
यत्रो शासकीय अन्याय, अत्याचार, भ्रष्टाचार, संविधान ध्वस्त, असुरक्षा, दण्डहिनता, कुशासनद्वारा जनताको बाँच्ने सम्भावना तहसनहस बनाईरहँदा पनि मुर्दाशान्ति कायम राखेर सरकारका ज्यादतिप्रति प्रतिक्रियाहिन हुने हो भने हामी कसैको भविष्य उज्वल, सुरक्षित र सुनिश्चित नहुने अवश्यम्भावी छ । त्यसैले समय छँदै सोचौं । वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार मुलुकको लागि भयानक संकटको स्रोतका रुपमा कुख्यात भएर चिनिइसकेको छ, सभापति केसीले उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार