फागुनमै महाधिवेशन गर्न असंभव छ : सहमहामन्त्री डा महत
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार १:३८:५८
७ मंसिर, लमही । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको फागुनमा गर्ने भनिएको महाधिवेशन केही समय सर्न सक्ने बताएका छन । कांग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई संम्बोधन गर्दै उनले कोरोना भाइरसको जोखिमका कारण बन्दाबन्दी हुँदा चारपाँच महिना पार्टीले तयारी गर्न नसकेकाले फागुनमै महाधिवेशन गर्न समस्या देखिएको स्पष्ट गरे ।
‘‘अहिलेसम्म क्रियाशील सदस्यता टुङ्गिएको छैन, यो टुङ्ग्याउन माघ महिनासम्म लाग्न सक्छ’’, डा महतले भने । माघसम्म जिल्लाबाट क्रियाशील सदस्यता टुङ्ग्याएर पठाइएपछि केन्द्रले चैतसम्म छानबिन गरेर टुङ्गो लगाएपछि आगामी भदौ महिनासम्म महाधिवेशन गर्न सकिने उनको भनाइ थियो ।
फागुनमै महाधिवेशन गर्न असंभव रहेको सबै नेताहरुले महसुस गरेको जनाउँदै डा. महतले छिट्टै केन्द्रीय समितिको बैठकले महाधिवेशनका लागि नयाँ मिति तय गर्नेसमेत जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार