क्रियाशील सदस्यताको काम मंसिर २० सम्म सक्न निर्देशन
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार ४:१३:५३
७ मंसिर, गण्डकी । नेपाली कांग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर २० गतेसम्म सक्ने भएको छ । कास्की कांग्रेसका पदाधिकारी, पार्टीका क्षेत्रीय, प्रदेशसभा र पोखरा महानगर समितिका सभापतिसहित आज सम्पन्न बैठकले मंसिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मंसिर २० गतेसम्म नयाँ सदस्यता वितरण सक्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
निर्धारित समयावधि भित्र काम सक्ने गरी जिल्ला, क्षेत्र, प्रदेश र वडाले काम गर्ने बताउँदै उनले केन्द्रको निर्देशनानुसार तोकिएको समयभित्र काम सक्ने गरी अघि बढिने बताए । यस अघि कार्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मंसिर मसान्तसम्म सक्न देशभरका जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो ।
बैठकले सरकार पार्टीको आन्तरिक द्वन्द्वमा रुमलिँदा कोरोना महामारी नियन्त्रणप्रति गैरजिम्मेवार बनिरहेको र संक्रमितले उपचारसमेत नपाउने अवस्था भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महामारीका बेला समस्यामा परेका नागरिकको सहयोगमा जुट्न पार्टीका सबै निकायलाई निर्देशन दिँदै निजी अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार