राजनीति मूल्य, मान्यतामा आधारित नभए देश र जनताको हित हुन सक्दैन : अध्यक्ष यादव
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ सोमबार ४:२६:३२
७ मंसिर, दमौली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीति मूल्य, मान्यतामा आधारित हुनुपर्ने बताएका छन । जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष स्व भीमप्रसाद गौतमको १३औँ दिनको पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले जबसम्म राजनीति मूल्य र मान्यतामा आधारित हुँदैन, तबसम्म देश र जनताको हित हुन सक्दैन भने ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, “राजनीति आदर्श र लक्ष्यप्रति केन्द्रित नभएसम्म त्यो राजनीतिले देश र जनताको हित गर्न सक्दैन । त्यो राजनीति नभएर एक खालको पेशा हो ।” उनले राजनीति पेशा नभई सेवा भएको उल्लेख गर्दै मुलुकलाई सामाजिक आर्थिक रुपान्तरणबाट अगाडि बढाउनुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको औँल्याए ।
अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्य नेपालको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि रहेको चर्चा गर्दै यस उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता रहेको बताए। लोकतान्त्रिक मूल्य, मान्यता, विधि र प्रक्रियाबाट शासन प्रणालीलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले वर्तमान परिस्थितिमा लोकतान्त्रिक शक्ति र संस्था कमजोर हुँदै गएकाले वैचारिक सिद्धान्त र आदर्शका कुरामा पनि ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
अध्यक्ष यादवले जनताको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहनुभएका स्व गौतमको निधनले देशलाई अपूरणीय क्षति पुगको बताए। “शोषित पीडित जनताका पक्षमा स्व गौतमले गरेको राजनीति र सामाजिक आन्दोलन महत्वपूर्ण छ”, उनले भने, “स्व गौतमले गरेका कार्यलाई सम्झिने, कदर गर्ने गर्नुपर्छ ।”
गौतमले राजनीतिक, सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई सङ्ग्रह गरेर उनका विषयमा पुस्तक प्रकाशित गर्न आवश्यक रहेको उनको भनाए थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार