मन बहलाउन ओली लागे इलाम र ताप्लेजुङ
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १७:४४:४६
८ मंसिर, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली मन बहलाउन पूर्वी नेपालको इलाम र ताप्लेजुङतर्फ लागेका छन् । सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमा उनी पूर्वी नेपालको भ्रमणमा गएका हुन् ।
ओलीले ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी घुम्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षण र घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
प्रधानमन्त्रीले घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको फाउन्डेसनकी अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन् ।
ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राई आउने कार्यक्रम रहेको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक किचलो बढेपछि प्रधानमन्त्री ओली मन शान्त बनाउन उपत्यका बाहिर निस्कने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार