यस वर्ष दुई दिन कार्तिक नाच मञ्चन गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार १८:५८:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/kartike-nach_Hu5IGl3KkZ.jpg)
सुभानु आचार्य
८ कार्तिक, ललितपुर । कार्तिक नाट्य महोत्सव आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीका कारण यही मंसिर १२ र १३ गते मात्र दुई दिन कार्तिक नाच यस वर्ष मञ्चन गरिने भएको हो । विश्वभर देखिएको कोभिड महामारीका कारण यसपटक ‘कार्तिक नाच’ देखाउने ध्येय मात्र नरही परम्परा धान्ने उद्देश्यले समेत रहँदा बराह र नृसिंह अवतारको नृत्य दुई दिन मञ्चन गरिने कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।
उनले भने, “आउँदो शुक्रबार बराह र शनिबार नृसिंह अवतारको नाट्य महोत्सव देखाउने तयारी गरिरहेका छौँ । यसका लागि ललितपुर महानगरपालिकाका प्रतिनिधिसँग कुरा गरिसक्यौँ । उनीहरुको जवाफ पनि सकारात्मक नै छ । पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कार्तिक डबली’ मा नृत्य मञ्चन गर्न मञ्च बनाउने काम शुरु गरिसक्यौँ ।” गत वर्षका तुलनामा यस वर्ष कोरोनालाई ध्यानमा राखी सामाजिक दूरी कायम गरेर आवश्यक कलाकारबाहेक अन्यलाई उपस्थित हुन नदिने तयारी भइरहेको चित्रकारले बताए ।
भगवान् विष्णुले मत्स्य र कुर्म हुँदै बराह अनि नृसिंह अवतार धारण गरेका थिए । बराह नृत्य कलाको प्रदर्शन कार्तिक शुक्लपक्ष द्वादशी र नृसिंह अवतार नाट्य मञ्चन कार्तिक शुक्लपक्ष त्रयोदशीकै दिन देखाउनुपर्ने परम्परा रहेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, “द्वादशीका दिन नृत्य प्रदर्शन गरेर कथामार्फत हिरण्याक्ष दैत्यको बध हुन्छ भने त्रयोदशीका दिन गरिने नृत्यमार्फत दानव हिरण्यकश्यपुको पनि बध गरिन्छ । यी दुई राक्षस भगवान् विष्णुका परम शत्रुका रुपमा चिनिन्छन् ।” यस वर्ष कार्तिक नाच देखाउन लामो समय तालीम दिनु नपरेकाले आर्थिक पक्षमा कुनै समस्या भइनसकेको शर्माले बताए ।
नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्ने हल्ला भएपछि गत वर्ष ललितपुर महानगरपालिकाले रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । यस वर्ष आएको महामारीका कारण भने जति रकम कोष खडा गर्न दिन नसकिने भएकाले महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मात्र रु ५० लाख सहयोग गर्ने घोषणा गरिसकेको समितिका सचिव विजय तण्डुकारले बताए । उनले भने,“ वडा नं १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले कोष स्थापनाका लागि रु १० लाख र पर्यटनमन्त्री योगेशकुमार भट्टराईले रु १० लाख दिने बचनबद्धता दिइसके ।” नेपाल पर्यटन बोर्डले २०७३ सालमा कोष स्थापनाका लागि रु २५ लाख सहयोग गर्ने भने तापनि हालसम्म पाउन नसकिएको तण्डुकारले गुनासो गरे ।
मलुकमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि नरोकिएको बताइन्छ । गत वर्ष झैँ यस वर्ष पनि १२ दिन नै नृत्य आयोजना गर्ने समितिको सोच भए पनि कोभिडले सम्भव भएन । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको कार्तिक नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा लिइन्छ ।
नाचका प्रवत्र्तक राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दीक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ । कार्तिक नाच चलाएमा देशमा आउने विघ्नबाधा हटी शान्त्तिसुव्यवस्था कायम रहने विश्वास छ । सो नाचले शुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर मनोरञ्जन दिनाका साथसाथै धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ ।
कार्तिक नाच प्रथम पटक पाँच दिन प्रदर्शनी भएको थियो । सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याँख’ र ‘सुरदास प्याँख’ थपेर १५ दिन सञ्चालन गरिएको जानकार बताउँछन् । यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपी कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ । हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु नाचको विशेषता हो ।
ऐतिहासिक एवं सांस्कृतिक अमूर्त सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरी १२ दिन देखाउन थालिएको थियो । कोरोना महामारी आउनुअघि मुलुककै लामो नाट्य महोत्सव हेर्न स्वदेशका साथै थुप्रै मानिस पाटन आउँथे । यस वर्ष कोभिड जोखिमले गर्दा कार्तिक डबली वरपर बस्ने मानिसले समेत नृत्य हेर्न पाउने हो या हैन भन्ने अन्योल छाएको छ । सो नाच हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अति नै महत्वपूर्ण रहेको चित्रकारको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार