किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटनको मञ्च ‘ग्लोकल टीन हिरो’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २०:१९:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/Glocal-Teen-Hero-%E0%A4%9C%E0%A4%9E_9ci7eG8o0R.jpg)
८ मंसिर, काठमाडौं । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माँझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टीन हिरो’, ग्लोकल प्रा.लि. को एक कार्यक्रम बनेकाे छ ।
यस मञ्चमार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रका अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गरी उत्प्रेरित गर्न सकिने छ ।
यस वर्ष ग्लोकल टीन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाईन अवार्ड महोत्सब र सम्मेलनमार्फत घोषणा गरिने भएकाे छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्नेछ ।
यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाँझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उद्देश्य रहेको छ ।
यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य रहेकाे छ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।
हालसम्म नेपालका ५ किशोर किशोरीहरुलाई ग्लोकल टीन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टीन हिरो ईन्डियाबाट एकजना सम्मनित भएका छन् । साथै २० अण्डर २० छनोट गरेर हालसम्म ७५ जनालाई सम्मानित गरिएको छ । डिसेम्बर १२ मा ग्लोकल टीन हिरो नेपाल अनलाइन आयोजना गरिने भएको छ ।
शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टीन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टीन हिरो नेपालको घोषणा सम्पूर्ण अनलाइन मै सन्चालन हुनेछ ।
देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन् । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरुले https://nepal.glocalteenhero.com/ मार्फत आबेदन भर्न सक्नेछन् ।
पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्षाकाे आधारमा ग्लोकल २०अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उष्कृट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनकाे मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ ।
अन्तिम स्क्रीनिंग र साक्षात्कार अनलाइन मार्फत हुनेछ र निर्णायक टोलीमा श्री अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), श्री उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), श्रीमती रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), श्री राहुल चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र श्री अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनु हुनेछ ।
देशभरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडिनु भएको छ । ग्लोकल प्रालि ले शीर्षक साझेदारको रूपमा वाईवाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, Valuable पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, फाइबरनेट र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, Education पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, PR Partner: V – Chitra र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो , युवा, नेपाल युवा परिषद, , AYON, Kwiks, View Your Choice, Genesis Cloud Academy, YOUTH CAN रहनेछन् ।
(लेखिका पौडेल ग्लोकल प्रालिका कन्टेन्ट राइटर हुन ।)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार