टोखाका कर्मचारी र जनप्रतिनिधिकाे एक लाखको बीमा
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २१:९:१०
८ मंसिर, काठमाडौं । टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै तिनलाई रु एक लाख बराबरको बीमा गरेको हो । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् ।
नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले टोखाका सबै जनप्रतिनिधि, कर्मचारी र कोभिड स्वयंसेवकको रु एक लाख बराबरको कोरोना बीमा गरिएको जानकारी दिए । टोखाले कोरोना बीमाका लागि रु दुई लाख ३५ हजार ६६० खर्च गरेको छ ।
यस्तै नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहतका लागि रु एक करोड ४१ लाख ११ हजार ३६५, कन्ट्याक ट्रेसिङका लागि रु ३५ हजार, स्वयंसेवक, खाना तथा खाजा र अनुगमनका लागि रु १७ लाख ९८ हजार ३७० र होम आइसोलेशन पोषण भत्ताका लागि रु २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।
यस्तै प्राविधिक र सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेशन सामग्रीका लागि रु २६ लाख ८४ हजार ७१८, आइसोलेशन वार्डमा शय्या खर्च रु नौ लाख ६६ हजार ८०५, आइसोलेशन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२ र जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ ।
यसैगरी ह्याण्ड वास स्टेशन निर्माणका लागि रु सात लाख ३२ हजार ३२१, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरीदका लागि रु चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि रु दुई लाख ६ हजार ७३१ र पीसीआर ल्याब शुल्कका लागि रु एक लाख ५० हजार खर्च भएको आर्थिक शाखा प्रमुख अधिकारीले बताए ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर पीसीआर परीक्षण र नगरवासीको उपचारलाई विशेष ध्यान दिइएको बताए । टोखाले कोभिड–१९ का बिरामीको उपचारका लागि टोखामा आइसोलेशन सेन्टर स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार