चिसोमा पनि संक्रमणको जोखिम उस्तै, यस्ता छन् आफूलाई बचाउने ८ उपाय
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १२:४५:३७
९ मंसिर, काठमाडौं । केही दिनदेखि मौसम बदली भएको छ । यो बर्षको तिहार सकिने बित्तीकै चिसो बढ्न थालेको छ । चिसो बढेसँगै कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ ।
कोरोना संक्रमण आफ्नै घरमा बसेका या कार्यालयमा काम गर्ने साथीलाई पनि भएको हुन सक्छ । त्यो अवस्था दुवैको लागि चिन्ताको अवस्था हो । यसका लागी हामीले ८ कारणबाट आफूलाई सुरक्षित राख्न सक्छौ ।
१. जाँच गर्नुहोस्
यदि तपाईको घरमा कसैलाई कोरोना संक्रमण पुष्टि भएको छ भने आफूले पनि तत्कालै कोरोना परीक्षण गर्नु नै सबैभन्दा उपयुक्त कुरा हो । यद्यपि परीक्षणको क्रममा नकारात्मक रिपोर्ट आएको छ भनेर आफू सुरक्षित ठान्ने भन्दा पनि अझै पनि सम्भावित संक्रमितको रुपमा आफूलाई हेर्नुपर्ने हुन्छ । दुई सातासम्म पनि कुनै लक्षण देखिएन भने बल्ल उसले सो बेलासम्म आफू सुरक्षित रहेको ठान्न सक्छ ।
२. सम्पर्क सीमित गर्नुहोस्
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारीहरु कोभिडको महामारी नसकिएको भन्दै सम्पर्क सीमित गराउनु नै यसबाट बच्ने विकल्प रहेको बताउँछन् ।कोरोना संक्रमित भइसकेका व्यक्तिलाई अरुबाट सकेसम्म अलग राख्नुपर्छ । यदि सम्भव छ भने कोरोना संक्रमितको लागि छुट्टै सुत्ने कोठा र शौचालयको व्यवस्था गर्न सकिन्छ ।
घरमा बस्दा पनि परिवारका सदस्यसँग समेत ३ फिटको दुरी कायम गर्नुपर्छ । जानकारहरुका अनुसार सम्पर्क कम गर्नुको अर्थ यो हो कि यदि केही गरी संक्रमितको नजिक पुगियो भनेपनि कडा खालको संक्रमण नहोस् भन्ने हो ।
३. हावा प्रवाहमा बाधा नपुर्याउनुहोस्
तपाईंको बस्ने घरको झ्याल ढोका सधैं खुला राख्नुहोस् । यसको अर्थ कुनै कोठाभित्र कसैले ल्याएको कोरोनाको सम्भावित संक्रमण सोही कोठाको अर्काे मान्छेलाई नसरोस् भन्नेको लागि हो ।
४. मास्क लगाउनुहोस्
मास्क संक्रमित र संक्रमण भइनसकेका दुवै पक्षको लागि अनिवार्य छ । विश्व स्वास्थ्य संगठनले मास्कको मापदण्ड र त्यसको पहिरिने तरिकाको बारेमा उल्लेख गरेको छ । मापदण्ड अनुसार अनुशासित भएर मास्क लगाउने मात्रै हो भने पनि धेरैहदसम्म कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने चिकित्सकहरु बताउँछन् । ‘घरका सबै सदस्यहरुले विशेष गरी संक्रमित व्यक्तिलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्नुपर्छ । मास्कले संक्रमित व्यक्तिको नाक र मुखबाट आउन सक्ने संक्रमणलाई रोक्न मद्दत गर्छ ।
यद्यपि मास्क लगाउँदा कोरोना भाइरसको संकुचनमा १०० प्रतिशत सुरक्षा ग्यारेन्टी त छैन । तर यसले धेरैहदसम्म कोरोनाबाट बचाउन मद्धत भने गर्छ । चिकित्सकहरुले मास्कको पनि गुणस्तरबारे उल्लेख गरेका छन् । कपडाको मास्क पनि गुणस्तर पूरा गरेको खण्डमा उपयुक्त हुने बताइएको छ । तर मास्क जस्तोसुकै भए पनि मास्क लगाउँदा नाक र मुख पूरा छोप्नु अनिवार्य छ । साथमा आँखामा पनि सुरक्षाको लागि चस्मा लगाउनुपर्छ ।
५. हात धुनुहोस्, किटाणु मार्नुहोस्
आफ्नो हातलाई कम्तीमा २० सेकेण्डसम्म साबुनपानीले धुनु पनि कोरोना भाइरसबाट जोगिने उपाय हो । विशेषगरी बिरामीले त हात धुनै पर्छ । साबुनपानी सहजै उपलब्ध नहुने ठाउँमा कम्तीमा ६० प्रतिशत अल्कोहल युक्त ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस् ।
६. स्वस्थ खानेकुरा
नेपालमा धेरैले कोरोना भाइरस महामारीको समयमा गुर्जाे पानी खाने गरेको पाइएको छ । तर त्यो मात्रै नभएर खानामा स्वस्थ र पौष्टिकता युक्त खानेकुरा खानु पनि स्वास्थ्यको लागि अनिवार्य छ ।
यद्यपि सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वस्थ आहार खानु र वजन घटाउनु हो, न कि तनाव र अनिश्चितता समयमा सहज महसुस होस् । उपयुक्त जीवनशैलीबाट पनि हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्छौं ।
७. विश्वसनीय स्रोतहरूमा भरोसा
मित्र, परिवार र सामाजिक सञ्जालमा अनेकथरी सूचनाहरू आउन सक्छन् । तर आधिकारिक सूचनालाई नै अवलम्बन गर्नु कोरोनाको महामारीबाट बच्ने उपाय के हो । कोरोना पोजिटिभ भएका मान्छेसँग कसरी व्यवहार गर्ने, पोजिटिभ भएपछि र हुनुअघि के–के खाने के–के नखाने ? जस्ता विषयबारे जानकारीका लागि आधिकारिक सूचनाको स्रोत खोज्नुपर्छ ।
८. साथीसँग सल्लाह र परामर्श
साथीहरु आफ्नो अप्ठ्यारो समयमा भावना व्यक्त गर्नको लागि सजिला हुन्छन् । त्यस्ता साथीहरुसँग परामर्श गर्ने र सुझावहरु लिने काम गर्नुहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण
मंसिर २, २०८१ आइतबार
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
मंसिर २, २०८१ आइतबार