गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १४:२१:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/exam-1_imG5TIn7TB.png)
९ मंसिर, काठमाडौं । कोरोना भाइरस महामारी र लकडाउनका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै छ । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षा समय बढीमा साढे १ घण्टाको हुने जनाइएको छ । देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ भने भौतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चान हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कोरोना संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने र परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै परीक्षार्थीहरूले मास्क अनिवार्य रूपमा लगाउनुपर्ने छ ।
परीक्षाका क्रममा एउटा कोठामा २ मिटरको दूरी कायम गरी बढीमा २० जनासम्म मात्र राख्न पाइने व्यवस्था बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार घर पायक पर्ने र आफू अध्ययन गरेकै स्कुलमा परीक्षार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ ।
साथै त्यसरी घरपायक फरक जिल्लाबाट पनि परीक्षा दिन सकिनेछ । यसरी फरक जिल्लाबाट दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको छ । स्थानीय सरकारहरूको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ ।
केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने र परीक्षा शुरु भएपछि अन्यलाई प्रवेश नदिने व्यवस्था समेत गरिएको छ । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोडको व्यवस्था गरेको बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार