भेरीमा ६ बर्षदेखि जलयात्रा अलपत्र

नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार १६:३२:३५

९ मंसिर, जाजरकोट । प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा र्याफ्टिङ अलपत्र परेको छ । भेरी नदीको रिम्नाबजारबाट जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याफ्टिङ सञ्चालन गर्ने गरी शुरु गरिएको थियो ।
पूर्वाधार निर्माणबिनै हचुवामा शुरु भएको जलयात्रा नियमित हुन नसकेको स्थानीयवासी बताउँछन् । नेपाल पर्यटन बोर्ड र प्रथम जाजरकोट महोत्सव आयोजक समितिको लगानीमा भेरी–कर्णाली एडभेञ्चर प्रालि सुर्खेतले जलयात्रा शुरु गरेको थियो ।
एडभेञ्चरले दुईवटा डुङ्गा ल्याएर नदीमा जलयात्रा शुरु गरे पनि दिगो नबन्दा जाजरकोटको पर्यटन क्षेत्र खस्किएको व्यवसायी कमानबहादुर खड्काले बताए । अन्य नदीको तुलनामा भेरी नदीमा जलयात्रा गर्न सहज र कम जोखिम रहेको बताइन्छ ।
“जलयात्रा सञ्चालन गरे आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्थ्यो, भेरी नदीमा २० किलोमिटर दूरीको यात्रा गर्न दुई घण्टा समय लाग्ने गरेको छ”, उनले भने ।
पूर्वाधार, जनशक्ति र बजेट अभावमा जलयात्रा अलपत्र परेको सरोकारवाला निकायले बताउँदै आएका छन् । जलयात्राले जिल्लाको आर्थिक वृद्धिमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको भए पनि सञ्चालन नहुँदा समस्या भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार