लगानीकर्ताको लागि खुशीको दिन, नेप्से १८०० माथि बन्द हुँदा आजको ग्राफले के देखायो ?
आर्थिक संवाददाता
मंसिर ९, २०७७ मंगलबार २१:३५:४३
९ मंसिर , काठमाडाैं । ट्रेडिङ्ग, उत्पादन तथा प्रशाेधन, अन्य र बीमा उपसूचकहरुमा आएको उछालसँगै नेप्से परिसूचक १८०० को विन्दु माथि बस्न सफल भएको छ । नेप्से परिसूचक २९ दशमलव ६८ अंकले वृद्धि हुँदै १८१० दशमलव ११ को विन्दुमा बन्द भएको हाे ।
आज १९६ कम्पनीको शेयर कारोवार हुँदा ५ अर्ब ४४ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक १ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ ।
आजको शेयरबजारको ग्राफ हेर्दा सकरात्मक प्रवृत्ति रहेको छ। बजार उच्च विन्दु भन्दा थोरै कममा बन्द भएको छ भने बजारले न्यून विन्दु सुरुवाती चरणमा बनाएको थियो ।
दुई कारोवार दिन अघि बजार १८०० को उच्च विन्दुसम्म पुगे पनि बजार बन्द हुँदा १८०० मुनि बन्द भएको थियो । आज बजार १८०० को विन्दु माथि बस्न सफल भएकोले बजारको दिशा अझै बलियो हुँदै गएको देखिन्छ।
वाणिज्य बैंक उपसुचकमा खासै बुल आउँन नसक्दा बुल दिगो नहुने हो की भनेर केही लगानीकर्तामा सोच आए पनि कारोवार रकम हेर्दा बजारको मनोविज्ञान एकदमै बलियो रहेको छ ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार