म्यानपावर कम्पनीमा छापा हान्दा भेटियो कुटनीतिक नियोगको गाडी
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ मंगलबार २३:३०:५३
९ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागले दुई दिनमा तीन वटा म्यानपावर कम्पनीमा छापा मारेको छ। विभागले लैनचोरस्थित होप इन्टरनेसनल, धापासीको एसओएस म्यानपावर र गौरीघाटको डिडी ह्युमन रिसोर्स प्रालिमा छापा मारेको हो।
होप इन्टनेसनलमा मंगलबार, एसओएस र डिडी ह्युमन रिसोर्समा सोमबार छापा मारिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । दाहालका अनुसार होप इन्टरनेसनलमा एउटा कूटनीतिक नियोगको गाडी पनि फेला परेको छ। जसले म्यानपावरभित्रको अवैध धन्दाको नयाँ पोल खुल्ने सम्भावना बढेको छ ।
सो मेनपावर कम्पनीको क्रियाकलापमा दूतावासको संलग्नता पनि रहेको आशंका गरिएको छ। यी तिनै मेनपावर कम्पनीले डिमाण्ड नभइकन अनधिकृत रूपमा खाडी मुलुक कतारका लागि कामदार छनोट गरेको आरोप विभागको छ।
उनका अनुसार यी मेनपावरले करिब २ हजारको संख्यामा नेपालीलाई अन्तर्वार्ता गरेको शंका छ। यसबारे विस्तृत छानबिन भइरहेको छ। ती मेनपावरले कामदार छनोटमा प्रयोग गरेका कागजात विभागले नियन्त्रणमा लिएको छ।
होप इन्टरनेसनलमा छापा मार्ने क्रममा ४५ सिडी ००९ नम्बरको कूटनीतिक नियोगको गाडी फेला परेको थियो। यो गाडी कुनै दूतावासको भएकाले यी कार्यमा दूतावास संलग्न भयो कि भन्ने शंका विभागको छ। विभागले यस विषयमा थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार