एसएलसीमा जिल्ला उत्कृष्ट पूर्वविद्यार्थीद्वारा विद्यालयमा अक्षय कोष
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार १४:५:१३
१० मंसिर, खोटाङ । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविका पूर्वविद्यार्थीले आफ्नो आमाबुवाको नाममा अक्षयकोष स्थापना गरेका छन । विसं २०६८ मा सामुदायिक विद्यालयमध्येबाट जिल्लाकै सबैभन्दा बढी अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरेका प्रमोद राईले आफ्नो बुवा कर्ण राई र आमा सरस्वती राईको नाममा रु एक लाख ५१ हजार राशिको अक्षयकोष स्थापना गरेका हुन ।
हाल अमेरिकामा कम्प्युटर इञ्जीनियरिङमा ग्रेजुएसन गरिरहेका प्रमोदले गरिब तथा जेहेन्दार विद्यार्थीको चौतर्फी विकासका लागि आफूले मावि तह अध्ययन गरेको विद्यालयमा आमाबुवाको नाममा ‘कर्ण–सरस्वती दुङभहँछा अक्षयकोष’ स्थापना गरेको वडाध्यक्ष ललितकुमार राईले बताए । अक्षयकोषको वार्षिकरूपमा आउने ब्याजबाट बाम्राङभरिका मावि तथा आधारभूत विद्यालयले वार्षिकरूपमा सञ्चालन गरेको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरेर प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्रमोदले सावित्रा माविमा दुई कार्यकाल प्रअको भूमिका निर्वाह गरेपछि राजीनामा दिएर गाउँको शैक्षिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्याउँदै आएका बुवा कर्ण र आमाको नाममा अक्षयकोष स्थापना गरिदिएको वडाध्यक्ष राईले जानकारी दिए । अक्षयकोष सञ्चालनका लागि स्थानीय युगसन किराँतको अध्यक्षतामा पाँच सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।
विद्यालयमा स्थापना गरिएको अक्षयकोषको राशि बर्सेनि बढाउँदै लैजाने सञ्चालक समितिका अध्यक्ष राईले बताएका छन । “प्रमोदले पनि पछि थप गर्दै जाने वचन दिएका छन”, उनले भने, “यो असल कार्य शुरुआतका लागि कान्छा भाइलाई हार्दिक आभारसहित धन्यवाद !”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार