तनाव बढेपछि महोत्तरीको बर्दिबासमा कर्फ्यु
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बुधबार १५:३७:५३
१० मंसिर, काठमाडौं । बालिकाको बलात्कारपछि हत्या भएको घटनाले उग्र रुप लिएपछि महोत्तरीको बर्दिबासमा कर्फ्यु लगाइएको छ । बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेपछि कर्फ्यु जारी गरिएको बताए । सोमबार साँझ बेपत्ता बालिकाको हत्या भएको अवस्थामा मंगलबार बिहान शव भेटिएको थियो ।
मंगलबार बिहानैदेखि बलात्कारपछि बालिकाको हत्या भएको भन्दै स्थानीयले विरोध शुरु गरेका थिए । विरोधका क्रममा उनीहरुले आरोपितको घरमा आगो लगाएका छन् भने सडक ठप्प पारेका थिए ।
आरोपित बर्दिबासकै २५ बर्षीय अरुण शाहलाई प्रहरीले पक्राउ गरेर हिराशतमा राखेको छ । अवस्था नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार