एक तोला सुनमा युवतीको अस्मिता, बलात्कारपछि मिलापत्र !
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बिहिबार ०:४:०
१० कार्तिक, धनगढी । कैलालीमा युवतीको अस्मिता एक तोला सुनमा बेचिएको पाइएको छ । युवतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएपछि एक तोला सुन दिने सत्रमा मिलापत्र भएको पाइएको हो ।
बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया युवतीमाथि असार दोस्रो साता बलात्कार भएको थियो । सिगास गाउँपालिका वडा नं ३ का दीपक सिंह धामीले बलात्कार गरेको पीडित युवितीले बताएकी थिइन् । उनले धारामा पानी भर्न जाँदा आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।
तर स्थानीय पीडक पक्षले भने एक तोला सुन दिने सत्रमा घटना गाउँमै मिलाउन दबाब दिएका थिए । दबाबपछि गाउँमै घटना मिलाइएपनि अहिले धम्की दिन थालेपछि पीडित पक्ष प्रहरीमा पुगेको हो । प्रहरीमा पुगेको घटना बाहिरिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना र बहस शुरु भएको छ ।
बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले दोषीमाथि कारवाही गर्न प्रक्रिया शुरु गरिएको बताए । सरकारले बलात्कार घटनामा मिलापत्र गर्नेलाई ३ बर्षसम्म जेल सजाय तोकेको अध्यादेश जारी गरेको छ ।
मन्त्रिपरिषद बैठकबाट पारित भएको यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै लागु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार