महोत्तरी आन्दोलनमा मृत्यु भएका सञ्जयलाई शहिद घोषणा गर्ने सहमति
नेपालबहस संवाददाता
मंसिर १०, २०७७ बिहिबार १:२१:३४
१० मंसिर, महोत्तरी । बालिका बलात्कारपछि हत्या प्रकरणमा महोत्तरीमा चर्किएको आन्दोलन रोक्ने सहमति भएको छ । ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर सञ्जय न्यौपानेको पनि मृत्यु भएपछि महोत्तरीको बर्दिबास दुई दिनदेखि तनावग्रस्त थियो ।
बिहीबारसम्म कर्फ्यु जारी भएको बर्दिवासमा बुधबार साँझ आन्दोलनरत पक्ष र प्रशासनबीच सहमति भएको हो । वार्तामा पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालका अनुसार भोलिदेखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने दुवै पक्षबीच छलफल समेत भएको छ । वार्तामा आन्दोलनरत पक्षबाट वार्ता टोलीका संयोजक कांग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामणि पोखरेल र हिरा गौतम लगायत थिए भने प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रतिनिधि रहेका थिए।
सहमति आन्दोलनरत पक्षले मानेको खण्डमा भोलि बिहीबारदेखि कर्फ्यु खुल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार