बिशाललाई खास लाग्न थाल्यो सरिता
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार १७:२०:२
११ मंसिर, काठमाडौं । गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत ‘खास लाग्न थाल्यौं’को भिडियो यतीबेला रिलिज गरेका छन् । यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका छन् । बिपिन आफैंले यो गीतमा संगीत सृजना गरेका हुन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् ।
यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् । सापकोटाका थुप्रै गीत तथा गजलहरु छन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ । यसलाई शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेका हुन् । भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन् । अभिनेता पोखरेलले पनि आफुहरुको अभिनयलाई दर्शकले रुचाउने विश्वास लिएको बताएका छन् ।
यस्तै नायिकको रुपमा गायिकाको परिचय बनाएकी मोडल सरिता भारती छिन् । भिडियोमा यी दुईको अभिनय अब्बल बनेको छ । डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि संगीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन् । आफ्नो गुरुको गीतमा मोडलिङ गर्न पाउँदा खुसी लागेको उनले बताएकी छिन् । बिपिन र सरिताको स्वरमा पनि चाँडै नयाँ गीत आउँदैछ ।
एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । गीतको अबधारणा अनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका युवकलाई उठाएर उद्दार गर्दा युवक र युवतीबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोमा रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ । गीत र भिडियोले दर्शकको मन जित्नेमा गायक बिपिन आशाबादी छन् । ‘खास लाग्न थाल्यौं’ गीतको भडियोलाई गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । दुई महिना अघि छायाँकन गरिएको भिडियोलाई यतीबेला रिलिज गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार