म धनको गरिब भए पनि मनको गरिब छैन : प्रधानमन्त्री ओली
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार २०:४७:२४
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले निजी क्षेत्रले सरकारसँग गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभालाई बिहीवार सम्बोधन गर्दै उनले सरकार मनको मात्रै धनी भएको बताउँदै गच्छेअनुसारको अपेक्षा गर्न आग्रह गरे ।
मुलुकको विकासको उन्नती तथा औद्योगिकरणको नेतृत्व गर्दै आएका अनुभवी क्षेत्रको साधारणसभा सार्थक उपलब्धीका साथ सफल हुने उनले बताए । उनले आफ्नो सचिवालयमा उद्योगी व्यवसायीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको समेत सुनाए । महामारीका कारण अर्थतन्त्रमा परेको दुस्प्रभावलाई कसरी छुटाउने र कसरी माथि उठ्ने, पहिलेकै अवस्थामा कसरी फर्काउने र अगाडि बढाउने भन्ने प्रश्न अगाडि आएको उनले बताए ।
उनले यो साधारण सभाले कोभिड १९ र अबको अर्थतन्त्रबारे सरकारलाई समेत उपयोगी हुने निस्कर्ष निकाल्ने विश्वास लिए । उनले भने,‘हामी साझा समस्या भोगिरहेका छौं र समस्या निराकरण पनि संयुक्त प्रयासबाट नै सम्भव हुन्छ ।’ उनले सरकार र निजी क्षेत्र मिलेर नै समस्यासँग जुध्न सक्ने र पार पाउन सक्ने बताए ।
भ्याक्सिनको आविस्कार मानव जातीका निम्ति ठूलो उपलब्धी भएको र साझा उपलब्धी हुनुपर्नेमा उनले जोड दिए । यसले अर्थतन्त्रमा पारेको असरलाई पराजित गर्दै अर्थतन्त्रलाई फेरि माथि उठाउनुपर्ने भन्दै आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको भन्दै उनले अहिले शून्यको अवस्थामा आएको बताए ।
उनले भने,‘उद्योगीहरुलाई लाग्छ होला, कतिपय देशका सरकारले आर्थिक उत्थानका लागि राहत दिइरहेका छन्, नेपाल सरकारले किन दिँदैन रु उनले थपे, नेपाल सरकार मनको धनी नभएको हैन, गच्छेअनुसार दिने गरेको छ । रिजर्भ तथा बचत नभएका कारण सिमित मात्र सहयोग गर्न सकिने छ ।’ उनले अभिभावकको गच्छेअनुसार नै निजी क्षेत्रले अपेक्षा गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
कांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार