पर्यटन पुनःउत्थानमा निजी क्षेत्रको एकता र सहकार्य जरुरी

नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार २१:१०:४१

११ मंसिर, काठमाडौं । कोभिड–१९ महामारीका कारण बढी प्रभावित पर्यटन क्षेत्रको पुनःउद्धार र पुनःउत्थान गर्न निजी क्षेत्रको एकता र सहकार्य जरुरी रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धन गर्न आयोजना गरेको अन्तरक्रिया वक्ताले थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन सरकार र निजी क्षेत्रको साझेदारिता फराकिलो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र पर्यटनका छाता संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा निजी क्षेत्रका सहभागीले प्रभावकारी सञ्चार र समन्वयका साथ पर्यटनको गतिविधि खोल्नुपर्नेमा जोड दिएका थिए । सहभागीले पर्यटन उद्योगको पुनःउद्धार र पुनःउत्थानका लागि स्वास्थ्य मापदण्डको पालनाका निमित्त सहकार्य आवश्यकता औल्याए ।
कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले पर्यटन क्षेत्र सञ्चालन गर्ने काममा ठोस कदम बढिसकेको जानकारी दिए । उनले पर्यटन पुनःउद्धार र पुनःउत्थानका लागि मन्त्रालयका तर्फबाट प्रतिबद्धता व्यक्त गरेको बोर्डद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
पर्यटन मन्त्रालयका सचिव कोइरालाले यस सङ्कटलाई पार गर्न कार्यतालिका बनाएर अघि बढ्नका लागि सहकार्य गर्न सबैमा अनुरोध गरे । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डले कोभिड–१९ ले पर्यटनमा पारेको असर सम्बोधन गर्न विगत र वर्तमानमा गरिरहेको कामहरुको प्रस्तुति गर्दै प्रभावकारी पुनःउद्धार र पुनःउत्थानका लागि निजी क्षेत्रको एकता र सहकार्यका लागि अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार