नियमावली छैन, लालपूर्जा बाड्न हतार !
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ शुक्रबार १:२९:४४
११ मंसिर, काठमाडौं । सरकारले नियमावली नबनाएरै पालिकासँग सहकार्य गरेर लालपूर्जा वितरण गर्न हतार गरेको पाइएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले नियमावली निर्माण नगरीकनै काम अघि बढाएको पाइएको हो । नियमावली पारित नहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लगत संकलनको काम शुरु गरेको छ ।
आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउने आश्वासन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्मा नियमावली पेस गरेपनि त्यो पारित भएको छैन् ।
सरकारले चालु आर्थिक वर्षमा कम्तिमा १०० पालिकाको लगत संकलन गर्न निर्देशन दिएको छ । त्यसै अनुसार आयोगले गत कात्तिकदेखि प्रत्येक प्रदेशबाट दुई दुई पालिकासँग सम्झौता गरेर काम अघि बढाएको छ ।
प्रदेश १ मा झापाको कन्काई र उदयपुरको बेलका नगरपालिका, प्रदेश २ मा सिराहाको धनगढीमाई र सर्लाहीको हरिवन नगरपालिका, बागमतीमा चितवनको रत्ननगर र मकवानपुरको बागमती गाउँपालिकामा काम सुरू गरेको हो ।
यस्तै, गण्डकीमा कास्कीको रुपा गाउँपालिका र नवलपुरको कावासोती नगरपालिका, लुम्बिनीमा रुपन्देहीको कञ्चन गाउँपालिका र दाङको बबई गाउँपालिका, कर्णालीमा सुर्खेतको गुर्भाकोट नगरपालिका र चौकुने गाउँपालिका तथा सुदुरपश्चिममा कैलालीको गौरीगंगा नगरपालिका र कञ्चनपुरको कृष्णनगर नगरपालिकासँग काम अघि बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार