युवती बिरामी भएपछि झारफुक : भूत भगाउने भन्दै धर्मगुरुले बलात्कार गरे !
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ शुक्रबार २:३३:५६
११ मंसिर, सिरहा । सिरहाको लहानमा भूत भगाउने भन्दै मूस्लिम धर्मगुरुले युवतीमाथि बलात्कार गरेको पाइएको छ । सिरहाको मिर्चैया नगरपालिका–१० महेशपुर पुखर्यौली घर भई लहानमा डेरा गरी बस्दै आएका ३५ वर्षीय मोहम्मद अली हसनले आफूकहाँ झारफुक गर्न आएकी युवतीमाथि बलात्कार गरेको खुलेको हो ।
लहानकी २३ वर्षीया युवतीमाथि उनले बलात्कार गरेका हुन् । मंगलबार साँझ लहान–७ की २३ वर्षीया मुस्लिम युवती बिरामी भएपछि धर्मगुरु हसनको डेरामा पुगेका थिए । मौलाना हसनले झारफुकको काम गर्दै नाम कमाएका थिए । तर उनले युवतीमाथि बलात्कार गरेर आफ्नो नाम कलंकित पारेका छन् ।
झारफुक गर्ने नाममा कोठा थुनेर उनले युवतीमाथि बलात्कार गरेका हुन् । बलात्कार गरेपछि मौलानाले घटना सार्वजनिक नगर्न आफूलाई भुतको डर देखाएको समेत खुलेको छ ।
बलात्कारपछि रक्तस्राव भएपछि युवती बलात्कृत भएको खुलेको हो । धर्मगुरुको डरले उनले बलात्कार भएको घटना बताएकी थिइनन् । तर रक्तस्राव नरोकिएपछि घर परिवारमा भन्दा पोल खुलेको प्रहरीले जनाएको छ ।
बलात्कारको जाहेरी दिएपछि प्रहरीले उनलाई डेराबाटै पक्राउ गरी जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार