माउन्टेन इनर्जी र युनाईटेड इदी मार्दीको शेयर आगामी हप्ता बाँडफाँड हुने
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १९:८:१८
१२ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी र युनाईटेड इदी मार्दी एण्ड आरबिको शेयर आगामी हप्ता बाँडफाँड हुने भएको छ ।
माउन्टेन इनर्जी हाइड्रोपावरले बिक्रीमा ल्याएको साधारण शेयर आउने हप्ता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दिएको जानकारी अनुसार आजै प्रि अलटेमन्ट गर्ने तयारी गरिएको छ। आईपीओ धेरै डुप्लिकेसन देखिएपछि सोको भेरिफाइ गर्न केही समय लाग्ने भएको छ । क्यापिटलका अनुसार डाटा भेरिफिकेसनको काम सकिन लागेको र प्रिअलटमेन्ट गर्ने तयारी भइरहेको छ । आइतबार प्रिअलटमेन्ट सकेर मंगलबार, बुधबारभित्र शेयर बाँडफाँड गर्ने तयारी भइरहेको छ ।
माउन्टेन इनर्जीले बिक्रीमा ल्याएको आईपीओमा साढे सात गुणाभन्दा धेरै आवेदन परेको छ। कम्पनीले सर्वसाधारणमा १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएकोमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको । यो मागभन्दा ७.६१ गुणा धेरै हो । यसमा अझै केहि आवेदन रद्द हुनसक्ने भएकोले आवेदनको संख्या केहि घट्न सक्छ।
धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीले बिक्रीमा ल्याएको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाँउछन् । यसअनुसार हालसम्मको तथ्यांक अनुसार आर्इपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ। यो कुल आवेदकको ७२ प्रतिशत हो ।
युनाईटेड इदी मार्दी एण्ड आरबिको पनि आउने हप्ता बाँडफाँड
युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ पनि बाँडफाँड गर्ने तयारीमा रहेकाेछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओको आज प्रि अलटमेन्ट सकिएको छ । अब ढिलोमा आगामी मंगलबार सम्ममा आइपीओ बाँडफाँड गर्ने क्यापिटलले जनाएको छ ।
प्रि अलटमेन्ट भएपछि ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्तासहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार