माओवादी केन्द्रको अध्यक्षमा कर्णजीत बुढाथोकी निर्वाचित
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार १९:५८:५६
१२ मंसिर, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को हालै सम्पन्न केन्द्रीय समितिले कर्णजीत बुढाथोकीलाई अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समिति निर्वाचित गर्दै सम्पन्न भएको छ । केन्द्रीय समिति बैठकले पार्टीको आगामी कार्यदिशा र कार्यक्रम पनि ठोस गरेको छ ।
पुनर्गठित नेकपा ‘माओवादी केन्द्र’को नयाँ अध्यक्षमा कर्णजीत बुढाथोकी चयन भएको छ। केन्द्रीय समिति बैठकले सोमबार नयाँ नेतृत्व चयन गरेको हो। कार्तिक ११ गते माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयन गरिएको हो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन नेकपा ‘माओवादी केन्द्र’ एमालेसँग मिल्न गएपछि किराँतीले पार्टी पुर्नगठन गरेका थिए।एमालेसँगको एकतामा विमति जनाउँदै नेकपा माओवादी केन्द्र पुनर्गठन गरेका किरातीले स्वास्थ्यका कारण हालै अध्यक्षको जिम्मेवारी छोडेको भनिएको थियो।
अध्यक्षमा निर्वाचित बुढाथोकीको परिवारबाट माओवादी जनयुद्धमा दुई जना शहीद भएका थिए। उनकी जीवन संगिनी उपाल लामा २०५९ मंसिर ३ गते हुम्लाको केरमिको जनयुद्धकालीन घटनामा शहादत प्राप्त गरेकी थिइन्। त्यस्तै उनको दाई धर्मजीत बुढाथोकी २०५८ साल जेष्ठ २० गते बाँकेको कुशुममा भएको घटनामा शहादत प्राप्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार