दाङमा माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि
नेपालबहस संवाददाता
मंसिर १२, २०७७ शुक्रबार २०:५७:४७
१२ मंसिर, काठमाडौं । दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ । घोराही–१८ फुर्सेखालीका युगराज पोखरेलले चार घार माहुरीबाट शुरु गरेको व्यवसायमा अहिले ६० घार भएका छन् । केही वर्ष पहिले गाईपालन गरेका पोखरेले पेशा परिवर्तन गरेर माहुरी व्यवसाय गरेका छन् । उनले प्रत्येक मौसममा रु ६ लाखसम्मको मह र रु दुई लाख बराबरको माहुरीको गोला बिक्री गर्ने गरेको बताए ।
दाङमा महको व्यापार राम्रो छ । चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन । तोरी, चिउरी जस्तो फूल मुख्य चरनका रुपमा भए पनि बाह्रै महिना उपलब्ध नहुँदा चरनका लागि जिल्ला बाहिर चितवन, कपिलवस्तु र कैलाली लैजानुपर्ने बाध्यता छ । अन्य जिल्लामा लगेका समयमा भने पर्याप्त मह उत्पादन नहुने उनले बताए ।
तुलसीपुर–८ की सरस्वती आचार्यले चार वर्षअघिदेखि माहुरीपालन व्यवसाय शुरु गरेकी छिन् । उनीसँग ३२ घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काढ्न सजिलो हुन्छ । मह र माहुरी बेचेर वार्षिक रु तीन लाख आम्दानी गरिँदै आएको उनी बताउँछन् ।
तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या छैन । उत्पादित मह बिक्रीको कुनै समस्या नरहेको र चरन राम्रो भएमा प्रतिघार २२ किलोसम्म मह उत्पादन हुने आचार्यको अनुभव छ । खेतबारीमा गरेको मेहनतका तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सजिलो भएकाले यो व्यवसायमा लागेको उनी बताउँछिन् ।
माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले माहुरीपालनका लागि उर्वर भूमि भएकाले कार्यक्रमको योजना र लक्ष्यअनुसार दाङ अगाडि बढेको बताए । दाङका तीन स्थानीय तहमा माहुरी जोन घोषणा गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रम १० वर्षको रहेको र त्यसमा २० घारभन्दा बढी माहुरीपालन गरेका कृषक आबद्ध छन् ।
गत वर्ष तुलसीपुरमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । दुई कृषकलाई माहुरीको घार बोक्नेलगायत सम्बन्धित तालीम दिइएको थियो । यसअघि दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम थप गरिएको जनाइएको । जोनमा आबद्ध भएसँगै किसानलाई प्राविधिक तथा अन्य सहयोग सरकारले उपलब्ध गराएको छ ।
नेपाल माहुरीपालन महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षका तुलनामा यस वर्ष १०० टन बढी मह उत्पादन भएको छ । चरण व्यवस्थित गरिएका कारण मह उत्पादन वृद्धि भएको हो । दाङ जिल्लाका किसानले १६ हजार घार माहुरी पालेका छन् । यसबाट साढे ६०० टन भन्दा बढी मह उत्पादन हुने गरेको छ ।
प्रतिकिलो रु २५० देखि ४०० सम्ममा बिक्री हुँदै आएको छ । जिल्लाबाट मह काठमाडौं, कास्की, सुनसरी, बुटवल, स्याङ्जा, पाल्पा, बाँकेलगायत जिल्लाका शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउँछन् । दाङमा नारायणपुर, तुलसीपुर, रामपुर, फुर्सेखाली, लक्ष्मीपुर, धर्ना, गुरुवागाउँ र मसिना चरनका लागि हावापानीको हिसाबले उपयुक्त क्षेत्र मानिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार