मेलौली भगवती मन्दिरमा यस वर्ष जात्रा नहुने
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ शनिबार १९:२:२०
१३ मंसिर , बैतडी । प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेलौली नगरपालिकाले सूचना जारी गर्दै यही मंंसिर १४ र १५ गते मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा नित्यपूजा मात्रै गर्न दिने निर्णय गरेको छ ।
बलिसहितको भव्य जात्रा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्दथे । मेलौली भगवती मन्दिर परिसरमा कुनै किसिमका व्यापारिक कक्ष राख्न नदिने, मन्दिर परिसर र मन्दिर नजिक रहेका क्षेत्रमा भीडभाड गर्न नदिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए । उनले भने, “कोरोना जोखिम कायमै रहेकाले मेलाजात्रामा रोक लगाएका हौँ ।”
यस्तै मंसिर १३ गतेदेखि १६ गतेसम्म होटेल, पसल तथा बजार पूर्णरुपमा बन्द गर्ने, सोही समयमा मदिराको कारोवार र सेवनमा पूर्णरुपमा रोक लगाउने, स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परिवारबीच मात्रै जात्रा मनाउन दिने निर्णय गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार
टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
मंसिर १६, २०८१ आइतबार
अध्यादेशमार्फत सहकारीपीडितका समस्या समाधान गर्नेगरी कानुन संशोधन गरिने
मंसिर १६, २०८१ आइतबार