ओलीले लिखितरूपमा प्रस्ताव पेश गरेपछि बालुवाटारमा क-कसले के बाेले ?
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ३:१:५२
१३ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो विचार लिखितरूपमा पेश गरेका छन छ । यसअघि मंसिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गरेका थिए ।
पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भएअनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गरेको बताए।
प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको उनले बताए । बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आएका प्रस्तावमाथि पार्टी कमिटीमा हुने जहाँ तही बहसको प्रक्रियाले पार्टीभित्र सकारात्मक योगदान गर्ने उनले विश्वास व्यक्त गर्नुभयो ।
यही मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नका लागि सहमति प्रदान गरेको थियो । अध्यक्ष ओलीले प्रस्ताव गरेको प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको जानकारी दिए ।
उनका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर फेरि १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने छ । उनले ‘अध्यक्ष ओली’ले लिखितरूपमा प्रस्ताव पेश गरे पनि आफूहरुले हेर्न नपाएको बताए । “पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई सामाधान गर्न छलफल बहस र अन्तरसङ्घर्षलाई सही दिशा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ”, प्रवक्ता श्रेष्ठले भने ।
उनले आजको सचिवालयको बैठकमा बोल्नुहुने अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षामा जोड दिनुभएको बताए । “उनीहरुले अहिलेको छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर जानुपर्नेमा सोच्नु हुन्न वा सोच्नुपदैन”, उनले भने, “पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसलाई सदुपयोग गर्नुपर्दछ”, भने ।
उनले दुईवटा प्रस्तावमाथि अध्ययन गरेर आगामी सचिवालय बैठकमा छलफल गरिने बताए । दुवै प्रस्तावमाथि यही मङ्सिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने र त्यो दिन नसकिए अर्को दिन मङ्सिर १७ गते पनि गर्र्ने जानकारी दिए ।
उनले पार्टीभित्र देखिएका समस्यालाई पार्टी कमिटीका बैठकमा व्यवस्थित र विधिवत ढङ्गले छलफल गरेर निष्कर्ष निकालिनेसमेत बताउनुभयो । नेकपाले यही मंसिर १८ गते स्थायी कमिटी र मङ्सिर २५ गते केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार