कांग्रेसको सुदृढीकरणका लागि महाधिवेशन आवश्यक : नेता कोइराला
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ३:३८:५५
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमण कारण निर्धारित समयमा गर्न नसकिए आगामी चैत वैशाखसम्म भए पनि सम्पन्न गर्नुपर्ने बताएका छन ।
कांग्रेसको सुनसरी–काठमाडौं सम्पर्क समितिले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा उनले महाधिवेशन समयमा गर्नुपर्ने भए पनि पार्टी नेतृत्व अल्मलिएको जस्तो देखिएको भन्दै जिल्लामा क्रियाशील सदस्यताको विषयमा चनाखो भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए।
नेता कोइरालाले कांग्रेसमा अधिवेशनका बेला मात्र चलायमान हुने परम्परालाई हटाउँदै वर्षभरी नै चलायमान हुँदा मात्र पार्टी बलियो हुने बताए । डा. कोइरालाले कांग्रेसले पार्टीका आधारभूत सिद्धान्तमा कुनै पनि हालतमा सम्झौता नगर्ने उल्लेख गर्दै कांग्रेस पुनःबलियो अवस्थामा फर्कन देशभरका सबै कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा सम्पर्क समितिका सभापति बाबुराम आचार्यले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय नेतृत्व सर्वसम्मतिमा चयन गर्नसके पार्टीका गुटउपगुट अन्त्य हुने विचार व्यक्त गर्दै त्यसका लागि पहल गर्न डा कोइरालालाई आग्रह गरे । कार्यक्रममा १३३ जनाले रक्तदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
बीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार