नृसिंह नृत्य मञ्चनः लामो नाच दुई दिनमै सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १३, २०७७ आइतबार ५:६:१२
सुभानु आचार्य
१३ मंसिर, ललितपुर । हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको आज नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको ‘कार्तिक नृत्य’ सम्पन्न गरिएको छ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार र आज दुई दिन मात्र प्रदर्शन गरियो ।
विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् । त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको समितिका सचिव विजय तण्डुकारले बताए । यसैगरी शुक्रबार कात्तिक शुक्लपक्ष द्वादशीमा वराह नृत्य प्रदर्शन गरिएको थियो । सो नाच संरक्षणका लागि यस वर्षदेखि अक्षयकोष स्थापना गरिने भएको छ ।
आज पनि नृत्यकला हेर्न इच्छुक व्यक्तिले विद्युतीय प्रत्यक्ष प्रसारणको सहायता लिए । सो नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ ।
कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन् । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको जानकार बताउँछन् ।
राजा श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कार्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । ती विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात् दाँखुदाँ।।।, कौलाखिचा, माकः सि मियेगु, खुसि छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात् छ्योँध्वग्गि, सतिवनेगु अर्थात् महामूर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेको समितिले जनाएको छ ।
यस वर्षको कार्तिक नाच देखाउन लामो समय तालीम दिनु नपरेकाले आर्थिक समस्या नभएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए । उनले भने, “यस पटक हामीले १८ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने हुँदा तीबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारको रुपमा छनोट ग¥यौ ।” गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १५० कलाकारका साथै पाटन दरबार परिसरभर नाच हेर्ने मानिसको भीड हुने गरेको शर्माले स्मरण गरे । यस पटक कोरोना कहरका भए पनि यस पालि घरबाटै भए पनि हेरेर आनन्द लिन पाएकामा निकै खुशी लागिरहेको पाटन सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
सर्वोच्चबाट पत्र पुगेपछि गण्डकीमा कांग्रेसका पाण्डेले मुख्यमन्त्रीको शपथ लिने
जेठ १६, २०८१ बुधबार
कोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले कस्तो गर्ला आदेश
जेठ १६, २०८१ बुधबार
गर्मी अत्यधिक बढ्दै, तराईमा तीन दिनसम्म तातो हावा चल्ने
जेठ १६, २०८१ बुधबार
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
जेठ १६, २०८१ बुधबार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
जेठ १६, २०८१ बुधबार